back
CTIZAN AD

मुक्तकहरू

वि.सं.२०७७ वैशाख १३ शनिवार

1.2K 

shares


सकिन्न हेर चन्द्रमा छुन दुइ हात उचाली
जोतिन्न धरती विचारी हेर फाली त्यो फुकाली
खनि र खोस्री मलजल गरी रोपेर हेर विउ
तै पनि हेर फल्दैन फल पसिना नहाली !


भतभत् पोलेका छन् पैताला खिएर
दश ठाँउ फाटेको यो हृदय लिएर
मुस्कुराउँदै हिडेकी छु यो संसारमा
सबैलाइ खुसी दिएर आफू आँसु पिएर !


यो असिनाले ति भरखरै रोपेका फूलहरु नमरुन्
पाक्नै लागेका लटरम्म तोरी कोसा फुटेर नझरुन्
यो असिना सोधेर नआउने जता परेनि परोस् बरु
नहानोस् दुखियाको झोपडीमा कोही अलपत्र नपरुन् !


गुन्द्रुक र भात देखि मुन्टो नबटार है !
जे दिन्छु त्यही लिन दुइ हात पसार है !
संसारभरि कोरोनाको डरत्रास भएको बेला
भित्रैबस सफा बस रोग नसार है !


मैले गरेको काम हेर्ने नजर चाहियो
मेहनतमा मुस्कुराउने अधर चाहियो
आफ्नै पाखो खनिखोस्री हराभरा पार्दा
फलाएको सब्जि किन्ने बजार चाहियो !

पोखरा-१९, लामाचौर

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:१६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...