back
CTIZAN AD

कविताः हराएको समय

वि.सं.२०७७ वैशाख १३ शनिवार

882 

shares

अचानकै पाइला मोड्यो समयले
र, छोड्यो हिँडिरहेको बाटो
यद्यपि मौन छ त्यो बाटो
गुनासाको झरीले भिजेको पनि छैन
उदासिका रंग अलि गाढा देखिन्छ
अलिअलि चुभेको छ सायद केही
बाटोको आफ्नो छातिमा
जुन जुन बाटोमा देखिएका छन्
भोकका पाइलाहरू
थकानका तिर्खाहरू ।

बदलियो मौसम
फुलेका फूलहरूबाट
सौन्दर्य लुप्त भैगए
सुवास हावामा विलिन भए
मनको बोटभरीका पातहरू पनि
एक एक गर्दै झरे जब
भरका आँखाबाट पनि भरोसा ।

समयले
केही समय खुसी साटेकै हो
केही मिठास चाखे पनि
केही पाइला वसन्तको याम डुले पनि
र केही झरीमा फागु पनि खेले ।

अचानकै समय टक्क किन रोकिए
मौन गुनासाहरू छताछुल्ल पोखिए
समयको यो मौनता
पाइलाहरुको यो क्रमभंगताको कारण
हथात् प्रश्नको हथौडा भएर प्रहार गरिरहेछ
आँखामा, छातिमा, मुटुमा ।

तर जवाफ, नाजवाफ भएर सोचिरहेछ
हिँडिरहेको समय अचानक कहाँ हरायो ?
कसैले लुकाउनु लुकाए
अथवा चोरेर लगे कि
लिलामीमा पठाइए
वा नयाँ महलहरूमा कैद गरिए
त्यो पुरानो आफ्नो प्यारो समय
अचेल कहाँ छ ?

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:१८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...