back

कविताः हराएको समय

वि.सं.२०७७ वैशाख १३ शनिवार

390 

shares
NTC AD

अचानकै पाइला मोड्यो समयले
र, छोड्यो हिँडिरहेको बाटो
यद्यपि मौन छ त्यो बाटो
गुनासाको झरीले भिजेको पनि छैन
उदासिका रंग अलि गाढा देखिन्छ
अलिअलि चुभेको छ सायद केही
बाटोको आफ्नो छातिमा
जुन जुन बाटोमा देखिएका छन्
भोकका पाइलाहरू
थकानका तिर्खाहरू ।

बदलियो मौसम
फुलेका फूलहरूबाट
सौन्दर्य लुप्त भैगए
सुवास हावामा विलिन भए
मनको बोटभरीका पातहरू पनि
एक एक गर्दै झरे जब
भरका आँखाबाट पनि भरोसा ।

समयले
केही समय खुसी साटेकै हो
केही मिठास चाखे पनि
केही पाइला वसन्तको याम डुले पनि
र केही झरीमा फागु पनि खेले ।

अचानकै समय टक्क किन रोकिए
मौन गुनासाहरू छताछुल्ल पोखिए
समयको यो मौनता
पाइलाहरुको यो क्रमभंगताको कारण
हथात् प्रश्नको हथौडा भएर प्रहार गरिरहेछ
आँखामा, छातिमा, मुटुमा ।

तर जवाफ, नाजवाफ भएर सोचिरहेछ
हिँडिरहेको समय अचानक कहाँ हरायो ?
कसैले लुकाउनु लुकाए
अथवा चोरेर लगे कि
लिलामीमा पठाइए
वा नयाँ महलहरूमा कैद गरिए
त्यो पुरानो आफ्नो प्यारो समय
अचेल कहाँ छ ?

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:१८ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...