back
CTIZAN AD

जिपी फाउण्डेशन अमेरिकाले न्युयोर्कमा निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्दै, आवश्यक पर्नेले सम्पर्क गर्नुहोस् छिरिङ्गलाई

वि.सं.२०७७ वैशाख १३ शनिवार

666 

shares

गिरिजाप्रसाद कोइराला (जिपी)फाउण्डेशन अमेरिकाले १४ औं लोकतन्त्र दिवसको अवसरमा नेपाली समुदायलाई निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्ने गर्ने भएको छ ।

कोभिड १९ सँग लड्न फाउण्डेशनलाई प्राप्त भएको सामग्री नेपाली समुदाय समक्ष पु¥याउन लागिएको फाउनण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।

न्यूयोर्कमा आयोजित ‘सहयोग सामग्रीहरूको हस्तान्तरण कार्यक्रम’मा फाउण्डेशनमार्फत वितरण गर्ने गरी अमेरिकाको न्यूयोर्क शहरकी पूर्व काउन्सिलर एलिजाबेथ क्राउलीमार्फत स्वास्थ्य सामग्री प्राप्त भएको थियो ।

सो अवसरमा क्राउलीले फाउण्डेशनलाई सहयोग १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर र १० बक्स ग्लोभ्स उपलब्ध गराएका थिए ।

लोकतन्त्र दिवसको उपलक्ष्यमा फाउण्डेशनले समाजप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले कोभिड १९ को महामारीको चपेटामा परेका न्यूयोर्कका नेपालीहरूलाई फाउण्डेशनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका े छ ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ अग्रसर फाउण्डेशनले एलिजाबेथ क्राउलीलाई विशेष धन्यवाद एवम् आभार प्रकट गरेको छ ।
कार्यक्रममा सहभागीहरुले लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण शहीदहरू एवम् दोश्रो जनआन्दोलन ०६२–०६३ का कमाण्डर शिखर पुरुष गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयाशील सदस्य सूर्य सिम्खडाले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्राप्त सामग्रीहरू छिरिङ्ग राप्के लामाले नेपाली समुदायमा वितरण गर्ने जनाएका छन् । ती सामग्री आवश्यक पर्ने व्यक्तिहरूलाई सम्पर्कको लागि ३४७६५२३६८३ नम्बर सार्वजनिक गरिएको छ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२० मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...