back

कविताः पिपल

वि.सं.२०७७ वैशाख १३ शनिवार

969 

shares
NTC AD

सिद्धार्थलाई बुद्ध बनाएको
सिङ्गै युग बोकेको
युगद्रष्टा
पिपलको रुख,
पाऊमा अलिकति अबिर,अक्षता
र फूलपाती राखेर,
दुई चार फन्का धागोमा बेरिइ
युगको साक्षी बनी
उभिइरहेछ ।

वसन्तमा कोइली
अनि धेरै चराहरु,विविध भाकाहरु,
बाह्रै मास बूढो गिद्द,
सगरभेदी शिखर हाँगाको
टुप्पामा बसी
आँखाको क्यानभासले दूर क्षितिज
नियालिरहेको छ ,
युगबोधी
पिपल ।

सङ्कटको घडीमा
चर्च,मन्दिर र मस्जिद
चुपचाप छन् ।
अवकाश प्राप्त लाहुरेको
पुरानो कोटमा सिउरिएको तक्माझैँ ,
निरीह देखिन्छन्-
गीता ,बाइबल ,कुरान र त्रिपिटकहरु ।
तर
पिपल ,जीवन वायु उत्सर्जन गर्दै
,निलकण्ठले
हलाहल पिएझै
पिइरहेछ ,
प्रदूषण ।
गीता,बाइबल,कुरान र त्रिपिटकभन्दा धेरै माथि ।
अनि
मनुष्यमा पुकारा गरिरहेछ-
आऊ सबै सबै बुद्ध बन ।

ग्रन्थहरु मानिसले लेख्यो ,
मन्दिर र मश्जिद मानिसले बनायो,
विज्ञानको झिलिमिलि चमत्कार र विष्फोट अणु पनि
मानिसले बनायो,
पिपल ,चट्टानको चेपबाट आफै टुसायो ।
अजर,अमर भएर उभियो ।
तर
भत्कन्छन्,
मन्दिर, मश्जिद र गगनचुम्बी टावरहरु
निस्तेज हुन्छन्,तेजवान हतियारहरु,
क्षीण हुन्छन् शक्तिहरु ।

पिपल ,
ऐजेरुको निर्मम् डसाइबाट दुख्दैन,
कस्तै बिपत्तिमा झुक्दैन ।
मानिस र ऊ निर्मित वस्तु ढल्ला
तर पिपल ढल्दैन ।

असँख्य निराहार वर्तालु नारीहरु,
आफै सिर्जना भएर पनि पिपलकै
आराधना गर्छन् ।
अनि माग्दछन् थप सिर्जना ।
पिपलकै वरदानले आमा भएर जिउछन् अनादिसम्म ।

बटुवाहरु पिपलकै छायाँमा बसी
शक्ति सञ्चय गर्छन्,
अनि तय गर्छन् क्षितिज पारिको यात्रा
स्वप्नको गन्तव्य खोज्दै ।

आऊ समाधीमा बसौं,
विष्णु अवतार महा तपस्वीको
वरिपरि,
आफुलाई तिनै अवतारी पुरुषझै
महान बनाऔँ ।
अनि जुध्न सकौँ मानव सभ्यतामाथि आइलाग्ने
हरेक विषाक्तहरुसँग ।
बुद्धत्व प्राप्त गरौं,
यही बोधीवृक्षको छायाँमुनि जपौँ-
मुल विष्णुः स्थितो नित्यँ स्कन्धे केशव एवच .
नारायणस्तु शाखासु पत्रेषु भगवान हरि-
फलेकच्युतो न सन्देह सर्वदेवैः समन्वित । १

१ स्कन्द पुराण ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२४ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...