back
CTIZAN AD

कविताः पिपल

वि.सं.२०७७ वैशाख १३ शनिवार

1.6K 

shares

सिद्धार्थलाई बुद्ध बनाएको
सिङ्गै युग बोकेको
युगद्रष्टा
पिपलको रुख,
पाऊमा अलिकति अबिर,अक्षता
र फूलपाती राखेर,
दुई चार फन्का धागोमा बेरिइ
युगको साक्षी बनी
उभिइरहेछ ।

वसन्तमा कोइली
अनि धेरै चराहरु,विविध भाकाहरु,
बाह्रै मास बूढो गिद्द,
सगरभेदी शिखर हाँगाको
टुप्पामा बसी
आँखाको क्यानभासले दूर क्षितिज
नियालिरहेको छ ,
युगबोधी
पिपल ।

सङ्कटको घडीमा
चर्च,मन्दिर र मस्जिद
चुपचाप छन् ।
अवकाश प्राप्त लाहुरेको
पुरानो कोटमा सिउरिएको तक्माझैँ ,
निरीह देखिन्छन्-
गीता ,बाइबल ,कुरान र त्रिपिटकहरु ।
तर
पिपल ,जीवन वायु उत्सर्जन गर्दै
,निलकण्ठले
हलाहल पिएझै
पिइरहेछ ,
प्रदूषण ।
गीता,बाइबल,कुरान र त्रिपिटकभन्दा धेरै माथि ।
अनि
मनुष्यमा पुकारा गरिरहेछ-
आऊ सबै सबै बुद्ध बन ।

ग्रन्थहरु मानिसले लेख्यो ,
मन्दिर र मश्जिद मानिसले बनायो,
विज्ञानको झिलिमिलि चमत्कार र विष्फोट अणु पनि
मानिसले बनायो,
पिपल ,चट्टानको चेपबाट आफै टुसायो ।
अजर,अमर भएर उभियो ।
तर
भत्कन्छन्,
मन्दिर, मश्जिद र गगनचुम्बी टावरहरु
निस्तेज हुन्छन्,तेजवान हतियारहरु,
क्षीण हुन्छन् शक्तिहरु ।

पिपल ,
ऐजेरुको निर्मम् डसाइबाट दुख्दैन,
कस्तै बिपत्तिमा झुक्दैन ।
मानिस र ऊ निर्मित वस्तु ढल्ला
तर पिपल ढल्दैन ।

असँख्य निराहार वर्तालु नारीहरु,
आफै सिर्जना भएर पनि पिपलकै
आराधना गर्छन् ।
अनि माग्दछन् थप सिर्जना ।
पिपलकै वरदानले आमा भएर जिउछन् अनादिसम्म ।

बटुवाहरु पिपलकै छायाँमा बसी
शक्ति सञ्चय गर्छन्,
अनि तय गर्छन् क्षितिज पारिको यात्रा
स्वप्नको गन्तव्य खोज्दै ।

आऊ समाधीमा बसौं,
विष्णु अवतार महा तपस्वीको
वरिपरि,
आफुलाई तिनै अवतारी पुरुषझै
महान बनाऔँ ।
अनि जुध्न सकौँ मानव सभ्यतामाथि आइलाग्ने
हरेक विषाक्तहरुसँग ।
बुद्धत्व प्राप्त गरौं,
यही बोधीवृक्षको छायाँमुनि जपौँ-
मुल विष्णुः स्थितो नित्यँ स्कन्धे केशव एवच .
नारायणस्तु शाखासु पत्रेषु भगवान हरि-
फलेकच्युतो न सन्देह सर्वदेवैः समन्वित । १

१ स्कन्द पुराण ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...