back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख १३ शनिवार

918 

shares

तिमीलाई देखे देखी, खै के खै के हुन्छ ;
मनको संघार टेके देखि,खै के खै के हुन्छ ।

मोहनी छ बोली तिम्रो, नजरमा छ जादु ;
तिम्ले यता हेरे देखि, खै के खै के हुन्छ ।

मेरो दिल नै वारपार गर्ने, तीर नजरको ;
त्यसैले दिल छेडे देखि,खै के खै के हुन्छ ।

तातो तातो स्वास अनि, तिम्रो सामिप्यता ;
मनमा कुरा खेले देखि ,खै के खै के हुन्छ ।

तड्पिएको दुईटा मन, धड्किएको मुटु ;
एकान्तमा भेटे देखि,खै के खै के हुन्छ ।

फिक्कल, इलाम

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...