back
CTIZAN AD

एनआरएनए आयरल्याण्डद्धारा मृतकका परिवारलाई २ हजार र राहतकोषमा १ हजार युरो आर्थिक सहयोग

वि.सं.२०७७ वैशाख १५ सोमवार

918 

shares

१५ बैशाख, आयरल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए आयरल्याण्डले आयरल्याण्डमा मृत्यु भएकी उजेली कुमारीको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

समितिको कोभिड-१९ सहयोग तथा समन्वय समितिको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

समितिका संरक्षक तथा यूरोप उपसंयोजक शुक्रराज न्यौपानेको बिशेष उपस्थितिमा संयोजक एवं अध्यक्ष मिलन छन्त्यालको अध्यक्षता तथा महासचिव ओम अधिकारीको सञ्चालनमा सम्पन्न भएको उक्त बैठकमा समितिका सदस्य तथा आईसीसी सदस्य विनोद कार्की, पूर्वअध्यक्ष एवं संरक्षकहरु गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, प्रमूख सल्लाहकार बसन्त न्यौपाने, उपाध्यक्षहरु अवेद्य पाणि गौतम, रामप्रसाद सापकोटा, सुनिता कार्की, कोषाध्यक्ष सुमन गुरुङलगायतको उपस्थित रहेको बैठकले उक्त समितिका पंजिकृत सदस्य तथा उजेलीका श्रीमान रमेश कुमारलाई २ हजार युरो सहयोग गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सोहि बैठकले केन्द्रको कोभिड १९ राहतकोषमा १ हजार युरो सहयोग गर्ने निर्णय समेत गरेको छ ।
समितिले कोभिड १९ को महामारीको कारणले प्रभाबित आयरल्याण्डवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले आयरल्यान्ड सरकारबाट उपलब्ध हुने welfare प्राप्त नगरेको तथा राहत आवश्यक परेको खण्डमा समितिमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

कोभिड १९ सहयोग समितिले आयरल्याण्डमा रहेका सहयोगी मनका धनीहरुले एनआरएनए आयरल्याण्डको खाता नम्बर NRNA NCC IRELAND CLG, AIB BANK DAME STREET DUBLIN 2, IBAN: IE62AIBK93208661644176 BIC: AIBKIE2D मा रकम जम्मा गरेर समस्यामा परेकाहरुलाई मल्हम लगाउन सकिने जानारी मिेत दिइएको छ ।

वि.सं.२०७७ वैशाख १५ सोमवार २०:२६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...