१५ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो प्रयास कमजोर बन्दै गएको एक उच्च सुत्रले बताएको छ ।
नेकपामा आन्तरिक विवाद बढ्दै गैरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन नयाँ तुरुप फाले पनि सो अर्थहिन भैसकेको श्रोतले बताएको हो ।
पार्टीभित्रको समिकरणमा कमजोर बन्दै गएपछि प्रधानमन्त्री ओलीले अध्यक्ष तीन जना बनाउने र वरिष्ठ नेता नेपाललाई नयाँ अध्यक्षका रुपमा आफुले प्रस्ताव गर्ने बताएको सो स्रोतले जनाएको छ ।
ओलीको हालीमुहाली भन्दै खेदाइ भोगीरहेका माधवपक्षिय कार्यकर्ताले झण्डै दुइ तिहाइको बाम जनमत र चुनावी प्रतिबद्धता बिर्सेको, खराब र भ्रष्ट ब्यक्तिहरुलाइ काखी च्यापेर सरकार र पाटीको प्रतिष्ठामा आंच पुयाएको, पाटी प्रक्रिया र बिधि, नीति, पद्धति नखोजेको, बैठक बोलाउन नखोजेको, गंभिर बिषयमा अध्यादेश जारी गराउदा पनि पाटी र नेतृत्वलाई सुइको समेत नदिइएको जस्ता बिषयहरु कडा रुपमा उठाउदै आएका थिए । ओलीको बोलीमा बिश्वास नगर्न दबाब खेपीरहेका माधवले तपाइसँग बिश्वास गर्ने आधार नै नभएको भनेर कडा जवाफ दिएको पनि सुत्रले बताएको छ ।
एक अर्को सुत्रका अनुसार ओली र नेपालको सहकार्य गराएर प्रचण्डलाइ धकेल्ने शंकर पोखरेल लगायतको प्रयास पनि माधवको अरुचिसंगै तुहेको छ । उता प्रचण्ड पक्ष भने कमजोरीको आत्मालोचना गर्दै नयाँ आधारमा नया एकता बढाउने कुरामा जोड दिन थालेको छ ।
वि.सं.२०७७ वैशाख १५ सोमवार २२:१३ मा प्रकाशित






























