back

कोरोना अपडेट : अमेरिका र भारतमा फेरि बढ्यो, ब्राजिलतर्फ सर्दै

वि.सं.२०७७ वैशाख १७ बुधवार

366 

shares

१७ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, अमेरिकालाई थला पार्दैै अघि बढेको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ । अमेरिकामा घटबढ भैरहेको छ भने अहिलेको तथ्यांक हेर्दा दक्षिण अमेरिकी देश ब्राजिलतर्फ बढिरहेको छ भने हाम्रो छिमेकी देशमा पनि लगातार बढ्दो अवस्थामा देखिन्छ ।

वैशाख १७ (सन् २०२० अप्रिल २९) बिहान८ .०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३१,३,११५ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २११,६१२ पुगेको छ । एकैदिन ७२५९० जना नयाँ संक्रमित थपिएका छन् भने ६३५८ जनाको मृत्यु भएको छ । संक्रमित र मृत्यु संख्या अघिल्लो दिनको तुलनामा बढेको हो ।

निको भएर घर फर्किएकाहरु संख्याका ९५५,७७० छ भने उपचाररत हालको बिरामीको संख्या १,९६४,३७५ रहेको छ । जसमध्ये १,९०७,४१० को अवस्था मध्यम छ भने ५६,९६५ को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८१ प्रतिशत सन्चो हुने गरेका छन् भने १९ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १०,१०,५०७ पुगेको छ भने ५९,२६६ को मृत्यु भएको छ । एकै दिन २५२५८ नयाँ संक्रमित थपिएका छन् भने २४६३ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु संख्या बढेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २०१,५०५ रहेको छ भने मृत्यु हुनेको संख्या २७,३५९ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेलायत, जर्मनी, टर्की, रसिया, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(५९,२६६) इटाली दोस्रो(२७,३५९), स्पेन तेसो(२३,८२२), फ्रान्स चौंथो(२३,६६०), बेलायत पाचौँ(२१,६७८), बेल्जियम छैठौं(७,३३१), इरान सातौँ(५,८७७), जर्मनी आठौँ(६,३१४), ब्राजिल नवौँ(५,०८३) र चीन दशौँ (४,६३३) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा २ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएर फर्किएका छन् । मंगलबारसम्म १०,८०७ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३१,३२४ जना संक्रमित रहेको र १००८ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १७३९ जना नयाँ संक्रमित थपिएका छन् भने भने ६९ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख १७ बुधवार ०८:३० मा प्रकाशित

GLOBAL IME AD
विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै...

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी) । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर...

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको...

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः...

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको...

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज (सप्तरी) । यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला,...