back
CTIZAN AD

नेपाली काग्रेसद्वारा १७० मजदूरलाई राहत वितरण

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

687 

shares
नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहनबहादुर बस्नेतबाट १३१ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार बल्खु, सामाखुसीलगायत क्षेत्रका मजदूरलाई राहत वितरण । तस्वीर : कृष्णराज गौतम/रासस

१९ वैशाख, काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज बल्खु तथा त्यस आसपास क्षेत्रका १७० मजदूरलाई राहत वितरण गरेको छ । कोरोनाको महामारी फैलिन नदिन देशभर गरिएको लकडाउनका कारण असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक (मजदूर) को स्थिति दयनीय भएकाले उनीहरुलाई युनियनले चामल, दाल, आलु, प्याज, नुन र तेल वितरण गरेको हो ।

युनियनका कोषाध्यक्ष मोहनबहादुर बस्नेतले सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेका श्रमिकको जीवन अहिले कष्टकर रहेकाले उनीहरुलाई सहयोगस्वरुप राहत वितरण गरेको जानकारी दिए । उनका अनुसार देशमा कोभिड–१९ को सङ्क्रमण व्यवस्थापन गर्न सरकारले गत चैत ११ देखि गरेको लकडाउन स्वागतयोग्य भएको भए पनि बन्दाबन्दीको स्थिति थप लम्बिएमा लाखौँ लाख श्रमिक बेरोजगार हुने हुँदा विकल्प खोज्न आवश्यक छ ।

श्रमिक वर्गलाई गाँस, बाँस र कपासको प्रत्याभूति गर्न गराउन सरकारसँग माग गरेको उक्त युनियनले दैनिक आयस्रोत नभएर जीविकोपार्जन गर्न कठिन भएका नागरिकलाई मानवताका आधारमा खाद्यवस्तु प्रदान गर्न उद्यमी, व्यवसायी तथा दातालाई आग्रह गरेको छ । नामावली अभिलेख गरेर ३०० मजदूरलाई राहत दिने भनिएकामा १३० जनालाई वितरण गर्न बाँकी रहेकाले शनिबार वितरण गरिने जनाइएको छ ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १९:५१ मा प्रकाशित

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...