back
CTIZAN AD

निःशुल्क कोरोना भाइरस परीक्षणका लागि सहभागी हुन नेपाली दूतावास ओमानको अनुरोध

वि.सं.२०७७ वैशाख २२ सोमवार

1.1K 

shares

२२ बैशाख, ओमान । नेपाली दूतावास ओमानले निःशुल्क कोरोना भाइरसको परीक्षण सम्बन्धी सूचना जारी गरेको छ ।

विश्वव्यापी कोरोनाको प्रभाव ओमानमा पनि परेकोले ओमान सरकारले ओमानको विभिन्न स्थानहरुमा निःशुल्क रुपमा कोरोना परीक्षण गरिरहेको हुनाले आफूलाई कोरोना संक्रमण भएको संका लागेकाले परीक्षण गराउन सकिने दूतावासले जनाएको छ ।

मंगलबार (५ मे का दिन) मस्कटको बर्कामा कोरोना भाइरसको लक्षण देखिएकाहरुका लागि रेसिडेन्स कार्ड बिना पनि निःशुल्क जाँच गरिने भएकाले शंका लागेका व्यक्तिले परीक्षण गराउन सकिने दूतावासले जनाएको छ ।

परीक्षण हुने स्थान बर्का जद्जाल (Zadjal Mosque) मस्जिद रहेको छ भने समय बिहान ८ बजेदेखि राति १० बजेसम्म रहेको पनि दूतावासले जानकारी दिएको छ । त्यसका लागि कुनै पनि कागजात नचाहिने पनि दूतावासको सूचनामा जानकारी दिइएको छ ।

ओमानमा हालसम्म २ हजार ६३७ जनामा संक्रमण पृष्टि भएको छ । जसमा ८१६ जनाले स्वास्थ्य लाभ गरिसकेको र १२ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी दूतावासले ओमानमा रहेका नेपालीको जानकारी संकलन गर्ने उद्धेश्यले अनलाइन सूचना संकलनमा उल्लेख्य सहभागीता जनाएकालाई धन्यवाद दिँदै बाँकी रहेकाहरुले पनि यस लिंकमा रहेको अनलाइन   अनुरोध गरेको छ ।

कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

 

वि.सं.२०७७ वैशाख २२ सोमवार २२:१५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...