back
CTIZAN AD

काँग्रेस सभापति देउवासँग प्रवासस्थित जनसम्पर्क समितिका नेताहरुको अनलाइन छलफल

वि.सं.२०७७ वैशाख २२ सोमवार

801 

shares

४ मे । नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवासस्थित भातृसंगठन नेपाली जनसम्पर्क समितिका नेताहरुसँग छलफल गरेका छन् ।

नेपाली जनसम्पर्क समिति समन्वय बिभागले आयोजना गरेको अनलाइन कन्फरेन्समा सभापति देउवाका साथै उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महत, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा आरजु राणा, नेपाली जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख गोविन्द भट्टराई लगायतले नेताहरुले बिश्वभरका जनसम्पर्क समितिका सभापतिहरु छलफल गरेका हुन् ।

आइतबार साँझ आयोजित कोरोना भाइरसले पारेको असरसम्बन्धी भिडियो कम्फरेन्सलाई सम्बोधन गर्दै सभापति देउवाले कोरोना भाइरसले निम्त्याएको मानवीय संकटका बेला सरकार भने स्वास्थ्य सामग्री खरिदसम्बन्धी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।  उनले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका बिरुद्ध जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगबाट आवाज उठाउने जानकारी गराए ।

सभापति देउवाले बिदेशी भूमिमा श्रम गरेर नेपालीले कमाएको पैसा संकटका बेला नेपालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए। कोरोनाका कारण रोजगारी गुमेर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको बेवास्ताप्रति आपत्ति जनाउँदै उनले तत्काल स्वदेश ल्याउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस नियन्त्रणमा गम्भीर बन्नुपर्नेमा सरकारले लकडाउन गर्ने बाहेक केही काम नगरेको आरोप लगाए। कोरोना भाइरस नियन्त्रणभन्दा पनि सरकार सत्ता राजनीतिमा केन्द्रित भएको निधिको भनाई थियो।

उपसभापति निधिले राजनीतिक र नैतिक हिसाबले ओली सरकारले शासन गर्ने अधिकार गुमाइसकेको बताए। उनले भने, ‘ओली सरकारले न राजनीतिलाई सहि दिशा दिन सक्यो न त जनताको जीवनरक्षामा नै अगुवाई गर्न सक्यो।’ जनताले सरकारको नयाँ नेतृत्व खोजेको भन्दै नेकपाले बिकल्प दिएमा कांग्रेसले स्वागत गर्ने समेत धारणा राखेका थिए।

कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले ओली नेतृत्वको सरकारले कोरोना भाइरस नियन्त्रणका पक्षमा केही काम गर्न नसकेको भन्दै लकडाउनलाई राजनीतिक साध्य बनाएको आरोप लगाए।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा आरजु राणाले कोरोना भाइरसको संक्रमणका कारण बिदेशमा रहेका लाखौं नेपाली बेरोजगार बनेकोले भोलिका दिनमा त्यसको असर सिंगो आर्थिक क्षेत्रमा पर्ने बताइन्।

नेपाली जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख गोविन्द भट्टराईले बिदेशमा रहेका नेपालीहरुका बारेमा जानकारी लिने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको बताए।

नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्ब सभापति गंगाधर गौतमले ५ घण्टासम्म संचालन गरेको भिडियो कन्फरेन्समा बिश्वभरका सम्पुर्ण जनसंपर्क समिति र एनआरएनएका अभियान्ताहरु सहभागि थिए।

गैर आबासीय नेपाली संघको तर्फबाट कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनका पूर्ब उपाध्यक्ष कुल आचार्य, एनआरएनए अमेरिकाका पुर्ब अध्यक्ष केशब पौडेल, एनआरएनए केन्द्रिय सल्लाहकार बिश्व आदर्श पन्डित लगायतले आआफ्नो धारणा राखेका थिए ।

नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापति एवं केन्द्रिय आमन्त्रित सदस्य आनन्द बिष्ट, जनसंपर्क समिती भारतका सभापति एवं आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, जनसंपर्क समन्वय समिति यूरोपका अध्यक्ष दिल बहादुर गुरुङ, जनसंपर्क समन्वय समिति युरोपका बरिस्ठ उपाधक्ष्य पुर्ण हमाल, जनसंपर्क समिती बेलायतका सभापति युबराज गुरुंग, मध्यपुर्ब बाट जनसंपर्क समिति कतारका पुर्ब सभापति बिमल सुबेदी, जनसंपर्क समिति जापानका पुर्ब सभापति नारायण सुवेदी, जनसंपर्क समिति साइप्रसका सभापति सीता अर्याल, जनसंपर्क समिती अष्टेलियाका सभापति कृष्ण गिरी, जनसंपर्क समिति जर्मनीका सभापति शिखर खड्का, जनसंपर्क समिती बहराइनका सभापति पदमसुन्दर गुरुंग, जनसंपर्क समिती पोर्चुगलका सभापति बिनोद घिमिरे, जनसंपर्क समिती नर्वेका सभापति जितेन्द्र शाही,जनसंपर्क समिति स्पेनका सभापति इन्द्र शर्मा, जनसंपर्क समिती नेदरल्याण्डका सस्थापक सभापति एनआरएनए युरोप संयोजक नारायण आचार्य, जनसंपर्क समिति यूएई का सभापति भवानी प्रसाद तिमिल्सिना, नेपाली कांग्रेस महासमिति सदस्य बेलायतबाट बिज्ञान प्रसाई,जनसंपर्क समिती न्यूजिल्यान्डमा का सभापति बुद्दी सागर घिमिरे,संपर्क समिती कोरियाका सभापति आस्था बिन्दू मल्ल, जनसंपर्क समिती इजरायलका सभापति खगेस्वर अधिकारी,जनसंपर्क समिति क्यानाडाका सभापति बुद्दी प्रकाश ओलि, जनसंपर्क समिती बेल्जियमका सह संयोजक सुभास गुरुङ, जनसंपर्क समिति फ्रान्स का सभापति सुधिर राना लगायतले कोरोनाले नेपालीहरुले भोग्नु परेका समस्या र नेपाली काँगेस र जनसंपर्क समिती बिचका सांगठानिक अबस्थाहरुका बारेमा जानकारी गराउँदै नेपालका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बिश्वभरबाट झण्डै एक सय पचास भन्दा बढी प्रतिनीधि सहभागी उक्त कन्फरेन्स बैठकमा जनसंपर्क समिति जापानका बर्तमान सभापति रोशन के सी, पूर्ब सभापति बलराम श्रेष्ठ, जनसंपर्क समिती बेल्जियमका पुर्ब सभापति सुभास जोशी,पुर्ब महाधिबेशन प्रतिनीधि उल्का घिमिरे, अधिबेशन तयारी समिति सम्योजक सीता सापकोटा, अमेरिकाबाट महासमिति सदस्य तथा प्रतिनीधि, बिष्णु सुबेदी, बेदप्रसाद खरेल, हरिबोल भन्डारी, प्रमोद सिटौला, हेमराज भट्ट, खगेन्द्र जी सी, गौतम दाहाल, सी.पि. पौडेल, एनआरएनए केन्द्रिय महिला उपाधक्ष्य रबिना के सी, एनआरएनए अध्यक्ष सुनिल शाह, जनसंपर्क समिती डेनमार्कका सभापति बिरेन्द्र सिङ कार्की,जनसंपर्क समिती मकाऊका सभापति लेख बहादुर गुरुङ, पुर्ब सभापति सुदर्शन थापा, जनसंपर्क समिती स्विडेन का सभापति नबिन थपलिया, जनसंपर्क समिती एबं एनआरएनए पुर्ब अध्यक्ष स्पेन चिन्तामणी सापकोटा, जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिरही, जनसंपर्क समिति पोल्याण्डका सभापति एलिनी सुबेदी, एनआरएनए जनसंपर्क समिती फ्रान्स का पुर्ब सभापति निर्मल अर्याल, एनआरएनए अफ्रीकाका महिला नेत्री तथा एनआरएनए अभियान्ता मन थापा ,जनसंपर्क समिती इटालीका कार्यबाहक सभापति राजन चापागाईं, जनसंपर्क समिती इटालीका सस्थापक सम्योजक रामजीबि पन्त,एनआरएनए अभियान्ता योगेन क्षेत्री, जनसंपर्क समिती एबं एनआरएनए जर्मनीका निबर्तमान अधक्ष्य बिजय मोक्तान, पुर्ब अध्यक्ष शरण केसी, अस्ट्रलिया जनसंपर्क समिति सस्थापक सदस्य दिनेश जोसी,जनसंपर्क समिती पोर्तुगलका पुर्वसभापति लक्ष्मी प्रसाद सापकोटा, एनआरएनए अध्यक्ष तिलक गैरे, जनसंपर्क समिती नेदरल्याण्डबाट सभापति प्रेम जङ्ग गुरुङ,महाधीबेशन प्रतिनीधि सालिक गौतम, पुर्ब अध्यक्ष एनआरएन हरि पौडेल, माल्टाबाट सन्देश के.सी क्यानाडाबाट दिपक गौतम, अस्ट्रियाबाट एनआरएन पूर्ब अध्यक्ष जिबन कुवँर, बर्तमान महासचिब भवानी तीवारी, जनसंपर्क समिती मलेसियाका सभापति चोलाकांत पगेनी लगायत अन्य धेरै बिसिस्ट ब्याक्तिहरुको महत्वपुर्ण उपस्थिति रहेको थियो।

जनसम्पर्क समिती समन्वय बिभागको आयोजनामा गरिएको कन्फरेन्स बैठकमा प्राबिधीक एबं सहयोगी का रुपमा बेलायतबाट पत्रकार चिरन शर्मा, नेपालबाट पत्रकार रामजी दाहाल र इन्द्र हाङ लिन्ग्देलले गरेका थिए।
सामाजिक अभियान्ताहरु एनआरएन तथा जनसंपर्क समिति स्पेनका पुर्ब अध्यक्ष एकराज गिरि, माल्टा बाट एनआरएनए केन्द्रिय सल्लाहकार सोम सापकोटा, नेदरल्याण्डबाट एनआरएन नेदरल्याण्डका सस्थापक केन्द्रिय पुर्ब सल्लाहकार शशी पौडेल, अफ्रीकाबाट नेपाली काँगेसका नेता एनआरएनए अन्तराष्ट्रिय पुर्ब कोषाध्यक्ष हिक्मत थापा लगायतले कार्यक्रम तर्जुमाको बिषेश सहयोगी भुमिका निर्वाह गरेका थिए।

वि.सं.२०७७ वैशाख २२ सोमवार २१:४६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...