२४ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ५० हजार पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २ हजार ९ सय ६३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय २३ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ३७ लाख २६ हजार ७ सय १ पुगेको छ भने २ लाख ५८ हजार २ सय ९५ ले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ वैशाख २४ बुधवार ०७:३३ मा प्रकाशित






























