२४ बैशाख, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ७२ हजार २ सय ७१ पुगेको छ ।
त्यसैगरी अमेरीकामा कोरोना संक्रमितको संख्या पनि १२ लाख ३७ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार ६ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २४ हजार ७ सय ९८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ वैशाख २४ बुधवार ०८:१० मा प्रकाशित






























