२४ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१२ देशमा फैलिएको छ ।
वैशाख २४ (सन् २०२० मे ६) बिहान .०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३७,२६,७९६ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २५,३०५ पुगेको छ । एकैदिन ८१२०३ कोरोनाका संक्रमित थपिएका छन् भने ५९०९ जनाको मृत्यु भएको छ ।
निको भएर घर फर्किएकाहरु संख्याका १,२४१,९२४ छ भने उपचाररत हालको बिरामीको संख्या २,२२६,५६७ रहेको छ । जसमध्ये २,१७७,३१९ को अवस्था मध्यम छ भने ४९,२४८ को स्थिति गम्भिर रहेको छ । गम्भिर बिरामी २ प्रतिशत रहेको छ ।
पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८३ प्रतिशत सन्चो हुने गरेका छन् भने १७ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।
वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,२३७,६३३ पुगेको छ भने ७२,२७१ को मृत्यु भएको छ । एकै दिन २४,७९४ नयाँ संक्रमित थपिएका छन् भने २३५० जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु बढेको हो ।
मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने २४ घण्टाको तथ्यांकले दोस्रो बेलायत बनेको छ । बेलायत संक्रमित हुनेमा चौँथो र मृत्यु हुनेमा दोस्रो बनेको छ ।
यसअघि मृत्युहुनेको संख्यमा दोस्रो रहँदै आएको इटाली तेस्रोमा झरेको छ । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २१३,०३१ रहेको छ भने मृत्यु हुनेको संख्या २९,३१५ जना रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, रसिया, टर्की, ब्राजिल, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(७२,२७१) बेलायत दोेस्रो (२९,४२७), इटाली तेस्रो(२९,३१५), स्पेन चौंथोे(२५,६१३), फ्रान्स पाचौँ (२५,५३१), बेल्जियम छैठौं(८,०१६), ब्राजिल सातौँैँ (७,९३८), जर्मनी आठौं (६,९९३), इरान नवौँ (६,३४०), नेदरल्याण्ड दशौँ(५१६८) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।
नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा नेपालगञ्जमा ७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । नेपालगञ्जमा मात्रै २३ संक्रमित रहेका छन् । १६ जना निको भएर फर्किएका छन् भने हाल ७६ संक्रमित उपचाररत छन् । मंगलबारबारसम्म १३,८५० जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।
चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।
कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन भोलि अर्थात २५ वैशाखमा सकिँदैछ । कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन ७ देखि १० दिनसम्म थप्न सुझाव दिएसँगै सरकारले एकहप्ता बढी थप्न सक्ने अनुमान गरिएको छ ।
समितिले उदयपुर, नेपालगन्ज लगायतका जोखिमयुक्त जिल्लाहरुलाई छोडेर अन्य जिल्लामा लकडाउन केही खुकुलो बनाएर सहज दैनिकी बनाउनुपर्ने समेत सुझाए अनुसार आज बस्ने मन्त्री परिषद्को बैठकले लकडाउन बढाउने तर केही क्षेत्रमा लकडाउन खुकुलो बनाउने निर्णय गर्नेछ ।
अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ४९,४०० जना संक्रमित रहेको र १,६९३ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र २९६३ जना नयाँ संक्रमित थपिएका छन् भने भने १२७ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ । संक्रमितको हिसाबमा भारत १५ औँ स्थानमा रहेको छ ।
यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :
| Country, Other |
Total Cases |
New Cases |
Total Deaths |
New Deaths |
Total Recovered |
Active Cases |
Serious, Critical |
Tot Cases/ 1M pop |
Deaths/ 1M pop |
Total Tests |
Tests/ 1M pop |
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| World | 3,726,704 | +2,187 | 258,295 | +268 | 1,241,924 | 2,226,485 | 49,248 | 478 | 33.1 | ||
| USA | 1,237,633 | 72,271 | 200,628 | 964,734 | 16,179 | 3,739 | 218 | 7,727,811 | 23,347 | ||
| Spain | 250,561 | 25,613 | 154,718 | 70,230 | 2,254 | 5,359 | 548 | 1,932,455 | 41,332 | ||
| Italy | 213,013 | 29,315 | 85,231 | 98,467 | 1,427 | 3,523 | 485 | 2,246,666 | 37,158 | ||
| UK | 194,990 | 29,427 | N/A | 165,219 | 1,559 | 2,872 | 433 | 1,383,842 | 20,385 | ||
| France | 170,551 | 25,531 | 52,736 | 92,284 | 3,430 | 2,613 | 391 | 1,100,228 | 16,856 | ||
| Germany | 167,007 | 6,993 | 135,100 | 24,914 | 1,937 | 1,993 | 83 | 2,547,052 | 30,400 | ||
| Russia | 155,370 | 1,451 | 19,865 | 134,054 | 2,300 | 1,065 | 10 | 4,460,357 | 30,564 | ||
| Turkey | 129,491 | 3,520 | 73,285 | 52,686 | 1,338 | 1,535 | 42 | 1,204,421 | 14,281 | ||
| Brazil | 115,455 | +740 | 7,938 | +17 | 48,221 | 59,296 | 8,318 | 543 | 37 | 339,552 | 1,597 |
| Iran | 99,970 | 6,340 | 80,475 | 13,155 | 2,685 | 1,190 | 75 | 519,543 | 6,186 | ||
| China | 82,883 | +2 | 4,633 | 77,911 | 339 | 26 | 58 | 3 | |||
| Canada | 62,046 | 4,043 | 26,993 | 31,010 | 502 | 1,644 | 107 | 940,567 | 24,921 | ||
| Peru | 51,189 | 1,444 | 15,413 | 34,332 | 709 | 1,553 | 44 | 406,579 | 12,331 | ||
| Belgium | 50,509 | 8,016 | 12,441 | 30,052 | 646 | 4,358 | 692 | 456,194 | 39,362 | ||
| India | 49,400 | 1,693 | 14,142 | 33,565 | 36 | 1 | 1,191,946 | 864 | |||
| Netherlands | 41,087 | 5,168 | N/A | 35,669 | 644 | 2,398 | 302 | 235,909 | 13,768 |
वि.सं.२०७७ वैशाख २४ बुधवार ०८:३० मा प्रकाशित






























