back
CTIZAN AD

परदेशीको व्यथा 

वि.सं.२०७७ वैशाख २४ बुधवार

996 

shares
यता
फर्कने रहर गर्दा गर्दै स्वदेस
यतै मारिने पो हो कि भन्ने
चिन्ता छ
कुनै न कुनै बहाना बोकेर
पलायन हुने हरुको
आफ्ना आफ्नै व्यथा छ
अर्का को भुमि
दोस्रो दर्जा को नागरिक
गर्ब गर्ने ठाऊ कमै छ
निहित स्वार्थ को सपना मा
चिट चिटाहट निधार मा बोकेर
यन्त्रमय जीवन लाइ
निरन्तरता दिन कठिन छ
सम्झना आउछ ती दिन हरु
अभाब मा पनि
न रित्तिने हासोको मुहान थियो
बन्धु बांधब हरु सित को
सह यात्रा मा दुख टाढा भाग्दथ्यो
कथित सुबिधा र सुख मा
भौतारिदा
एक मुट्ठी हासो हास्न  पनि
बहाना खोज्नु पर्ने भयो
उता
भन्छन कमायो ठुलो भयो
के सम्झन्थ्यो हामि लाइ
परदेश मै मर्ने भयो
के सम्झन्थ्यो जन्मेको माटो लाइ
गुनासो गर्छन
कमाउछ उसकै लागि
हाम्रो दुख के हेर्थ्यो र ?
सम्झी सम्झी कोसेली लग्यो
छुट्ने को त आफ्नै कुरो
पाउने को पनि गुनासो
 भन्छन यस्तो पनि ल्याउने हो
फर्कदा सधै चिन्ता हुन्छ
 कसलाई कसरि चित्त बुझाउने हो
यता को यथार्तता र
उता को कल्पना
बिच को पर्दा कसरि हटाउने हो
सोध्न मन लाग्छ
हे देश को ठेक्का लिन्छु भन्ने हरु हो
देश सम्पन्न बनाएर
विदेश जाने बहाना कहिले रित्याउने  हो ?
अब कोरोनाको कहरले बिदेशको मोह सक्कियो
आफ्नै देशको माटो भन्दा खुसि दिने भाँडो रित्तियो

 

वि.सं.२०७७ वैशाख २४ बुधवार ०८:४८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...