back
CTIZAN AD

स्वदेशबाट श्रीमतीको पत्र परदेशी श्रीमानलाई – ‘आऊ फर्क, नेपाल घर’

वि.सं.२०७७ वैशाख २४ बुधवार

1K 

shares

हे प्यारा परदेशमा दिनहरू कस्ता हुँदैछन् भन ?
तिम्रा तस्बिर छन् अगाडि तर खै आत्तिन्छ मेरो मन
बच्चा सामु सधैं समालिन सकूँ भन्ने छ चिन्ता खुबै
बा आमा पनि देख्छु चिन्तित सधैं रुन्छन् असाध्यै दुबै ।।१।।

हे प्यारा अब फर्क जन्मघर यो खोज्दैछ यो आँगन
चिन्ता छन् मनमा तनाव तनमा ढल्दै गयो यौवन
हेर्थेँ दर्पणमा सधैं अधरको लाली हट्यो सुस्तरी
छाती दुख्दछ जोडले अझ कडा पीडा बढ्यो बेसरी ।।२।।

कैयौं छाल उठेर दब्छ दिलमै आधा छचल्किन्छ कि !
तिर्खा मेट्न नपाउँदै हृदय यो घुप्लुक्क पोखिन्छ कि !
मेरो देह बगान हो कुसुमको आभा बनी छाउनू
आशा भित्र सुहाग देख्छु म सधैं चाँडै तिमी आउनू ।।३।।

हे प्यारा मुटुको तिमी ढुकढुकी धड्कन्छु रातोदिन
तारा गन्दछु चन्द्र हेर्छु नभमा कल्पिन्छु आलिङ्गन
मेरो जीवनको तिमी रहर हौ सौभाग्य हौ प्यार हौ
रित्तो जोबन स्वर्ण सुन्दर हुने बाँच्ने तिमी सार हौ ।।४।।

बारी खेत छिमेक गाउँघरमा राम्रै छ चारैतिर
धेरै वर्ष भयो विदेसिन पुग्यौ सन्तुष्टि के मिल्छ र ?
हाम्रो भाग्य र कर्ममा नियतिको छाया बस्यो आखिर
कस्को हुन्न र चाह यो हृदयमा सम्पन्न बन्ने तर ।।५।।

आफ्नो ख्याल गरेर बस्नु दिनकै स्वामी तिमी ईश्वर
पैसाले यदि प्रेम त्यो चुँडिलगे सम्बन्धमा के छ र !
बग्दैछन् पसिना उता अरबमा सम्मान के मिल्छ र !
आऊ फर्क तिमीविना छ अधुरो नेपाल आफ्नै घर ।।६।।

छन्द : शार्दूलविक्रीडित
मिति : २ मई २०२०

वि.सं.२०७७ वैशाख २४ बुधवार १०:३२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...