back
CTIZAN AD

अस्ट्रेलियाबाट बिमोचनको ‘तिम्रो याद’ले गीत सार्वजनिक

वि.सं.२०७७ वैशाख २४ बुधवार

804 

shares

गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत ‘तिम्रो यादले’ सार्वजनिक गरेका छन् । विगत ६ वर्ष देखि अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका खनालले कोरना कहर बिच गीत संगीत प्रेमीलाई मनोरंजन प्रदान गर्न म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन् । एल्बम ‘समय’ मा समावेश ‘तिम्रो यादले’ बोलको यस गीतमा स्वर र शब्द स्वयम् गायक बिमोचन खनालको रहेको छ । गीतमा संगीत श्रीजन कार्कीको रहेको छ भने संगीत संयोजन उत्सव आचार्य (ब्रिज) को रहेको छ ।

गायन संगै अभिनयमा रुचि राख्ने बिमोचन खनाल र सन्ध्या कोइराला म्युजिक भिडियोमा फ़िचर्ड छन् । श्रीजन प्रजापतिले छायांकन गरेको भिडियोलाई अमन महर्जनले सम्पादन गरेका हुन् । ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोलाई अनिल न्यौपानेको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

स्वयम् गायक खनालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खनालले आग्रह गरेका छन् । आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायक खनालले बताएका छन् ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १०:२० मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...