back
CTIZAN AD

अनेसास पोर्चुगलको अध्यक्षमा ’स्पन्दन’

वि.सं.२०७७ वैशाख २४ बुधवार

1.1K 

shares

२४ बैशाख, काठमाण्डौं । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ ।

राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बाराहाली निर्वाचित भएका छन् भने सचिवमा शम्भु सिलवाल चयन भएका छन् । कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा बिद्या आचार्य निर्बाचित भएका छन् ।

यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन् ।

समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाई.वी. गुरुङलाई चयन गरेको समाजले जनाएको छ ।

बिगत लामो समयदेखि साहित्यीक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वा्चित भएका हन् ।

नवनिर्वाचित अध्यक्ष स्पन्दनले गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह ‘भिजाएर गयौं’ र ‘अविरल स्पन्दन’ बिमोचन गरेका थिए ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १३:४७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...