back
CTIZAN AD

सागमा स्वर्ण बिजेता आयशाले दृष्टिविहिनलाई गरिन सहयोग

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

690 

shares

२६ वैशाख,काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टि विहिनहरुलाई खाद्यान्न सहयोग गरेकी छिन । कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्न क्षेत्रमा रहेका मानिसहरुलाई आर्थिकरुपमा निकै कठिनाई भइरहेको बेला उनले अपाङ्गहरुलाइृ सहयोग गरेकी हुन।

शुक्रबार कीर्तिपुर स्थित ‘न’ गाँउमा रहेका ३५ दृष्टि विहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्तरण गरेकी थिइन् । राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ ।

सागमा पदक जिते वापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी छिन । ‘अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गरिरहनु भएको छ’, आयशाले भनिन्, ‘आफुले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई पनि लागेकोछ । त्यस माथि दृष्टिविहिनहरुलाई सहयोग गर्दा थप आनन्द महसुस गरें ।’

एसियाली खेलकुदकी कास्यपदक विजेता समेतरहेकी आयशाले मंसिरमा स्वदेश मै आयोजना भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्णपदक जितेकी थिइन।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार २१:४५ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...