back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ वैशाख २७ शनिवार

855 

shares


संसार घुमूँ जतासुकै, फर्कने गाउँकै कुना हुन्छ
त्यही कुनामा फर्काइरहने, चुम्बकी दिल थुना हुन्छ
स्वार्थले नजिक हुने भन्दा, गोहीका आँशुले रुने भन्दा
गाउँकी मैयाँ सरल कति, मायाप्रीति नमूना हुन्छ ।

(२

पसिना बगाई बर्षभरी, खानै नपुग्ने तानोमा छ
कोल्टे फेरोस समयले, तर नफेरिने पानोमा छ
विवश छ कति धराभित्र,परम्पराको मखराभित्र
कति नारीको जिन्दगानी, अझै पनि अचानोमा छ ।

(३

नियम मिच्न जानेपछि, तालुमा आलु फल्दो रैछ
पहुँच हुँदा जेजे गरून्, गजबसित चल्दो रैछ
फाइदाका कदम चाली, बर्षौं गर हालीमुहाली
कब्जै गरोस् विश्व तर, तानाशाही ढल्दो रैछ ।

(४

सुनको थालमा हिरा पस्की, तिमीले पनि खान्नौ होला
कमाएको सम्पत्ति सब, जाँदा कुम्ल्याई लान्नौ होला
बन्छौ अझ न्यायको मूर्ति, देखाएर धनको फूर्ति
धनमै कसूर लुकाएर, जिउँदै स्वर्ग जान्नौ होला ।

(५

कसम खान्छ उसैले जो, सबैभन्दा झुट छ हजुर
भित्र बाहिर कुरा मिले, जे गरे नि छुट छ हजुर
आफै उत्पात गनाएर, जनता भेँडो बनाएर
देशै बेची खान्छन् यहाँ, सारा ब्रह्मलुट छ हजुर ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०० मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...