back
CTIZAN AD

कविताः ईश्वर चिन्यौ आमा

वि.सं.२०७७ वैशाख २७ शनिवार

900 

shares

जब भाइभाइमा
अहंकार र दम्भले घर हल्लिन्थ्यो
तब आमाले ग्रह बिग्रेको भन्दै
थरि थरिका ज्योतिषलाई हेराउन जान्थिन्
र, भन्थिन्-
छ महिनादेखिको मृत्यु योग,
अझै दुई वर्षभन्दा बढिनै चलिरहन्छ रे !
रिस खिच्न सक्नुपर्छ नत्र, अनिष्ट हुन्छ रे !
यसै भनी भनी,
दाइ र भाइको दम्भ मत्थर पाथ्र्यौ नि, आमा
जाऊ !
ती ज्योतिष अहिले कहाँ छन्
मानव जातिको ग्रह दशा, आयू सोधेर आऊ

भाउजू र दिदीलाई
बाहिरि हावाले आक्रमण गर्न सक्दैन भनी भनी
भय रहित बुटी बनाएर ल्याउँथ्यौ आमा
जाऊ !
ती वैद्य अहिले कहाँ छन्
कोभिड १९ ले नछुने बुटी बनाएर ल्याऊ

सारा विज्ञान यतिखेर पराजित भयो
मान्छेको चेतना विवेक लकडाउन छ
मस्तिष्क भरी भाइरस पसेर
स्यानिटाइज गरिरहेको छ मान्छेले
सर्वोत्कृष्ट आफ्नो चेतनाले अब,
कोरोना विरुद्धको औषधी आविष्कार
कहिले गर्छ आमा,
जाऊ !
तिम्रो ज्योतिष कहाँ सोधेर आऊ !

विकाशको चरम चुलिमा पुगेको मान्छेले
दम्भ अहंकार मत्थर पार्ने
नयाँ उपकरण बनाउँछ कि बनाउँदैन
मान्छेले मान्छेको अस्तित्व च्यूत गर्ने खेल
अझै कहिलेसम्म खेलिरहन्छ आमा,
जाऊ !
तिम्रो ज्योतिष कहाँ सोधेर आऊ !

आमा !
तिमीले रातोदिन पुजेको,
आस्थाको ईश्वर अफवाह भयो
तिम्रो चातुर्यता निकम्मा भयो
विज्ञान आफै सेल्फ आइसोलेसनमा छ
यतिखेर,
तिमीले पनि तिम्रो ईश्वर राम्रोसँग चिन्यौ
सबै बुझ्यौ र मौन छौ आमा !
यानिकि !
अहिले तिमी लक डाउनमा छौ

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...