back
CTIZAN AD

कविताः वर्तमान हो हाम्रो

वि.सं.२०७७ वैशाख २७ शनिवार

897 

shares

थिएन भूत अनिधो भविष्य वर्तमान हो हाम्रो
हौं भाग्यमानी संसारभरकै भूभाग यो राम्रो ।।

देवताले बास गरेको ठाँउ घर हाम्रो यहि हो
हरा र भरा बनाएर राखौं कर्तव्य त्यही हो ।।

हिमाली पहाडी मधेसी सबै हामी हौं नेपाली
स्वर्गकै समान यो देशलाई राख्नु छ जोगाइ ।।

साँझ र बिहान दिन र रात केही पनि नभनी
सुन्दर देशलाई झन् सुन्दर पारौं अल्लारे नबनि ।।

पाएर पनि प्रकृतिबाट अनमोल वरदान
सदुपयोग गर्न सकेनौ हाम्ले भएर अन्जान ।।

बिराइ बाटो बढ्दैछौं हामी सहि यो भएन
पाइन्थ्यो सुख गरेको भए नगर्दा पाइएन ।।

नेपाली हामी मिलेर सधैं गरौंन मनन
हाम्रो यो सिको आउँदो पुस्ता समेतले गरुन ।।

देवता साक्षी राखेर बढौं, हौं उन्कै सन्तान
पौरख गर्न बल हाम्लाई मिल्छ अवस्य भन्ठान ।।

आर्जेर गए पुर्खाले यहाँ हाम्लाइनै भनेर
निर्धक्क बाँचुन आफ्ना सन्तान बलवान बनेर ।।

पुर्खाले गरेका नकामको सिको नगरौं पटक्कै
बिराएको भए हामीले बाटो छोडीदिउँ चटक्कै ।।

आउँदो पुस्ता गौरव गरुन् हाम्रो यो कामले
संसारैभरी सुवास फैलोस नेपाल नामले ।।

थिएन भूत भविष्य होइन वर्तमान हो हाम्रो
पुर्खाले जस्तै हामीले पनि गरिदिउँ काम राम्रो ।।

पालुङ्ग,मकवानपुर,हाल-काठमाण्डौं

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०३ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...