back
CTIZAN AD

कानूनी सुधार भए सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्न सकिने

वि.सं.२०७७ वैशाख २७ शनिवार

936 

shares

“नेपाल राष्ट्र बैंक र सहकारी विभागले मापदण्ड बनाउनुपर्ने त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने, सहकारीको वर्गीकरण गरी मापदण्ड बनाउनुपर्ने र प्रविधि प्रयोगमा कानूनी वैधता दिनुपर्ने उनीहरुको जोड छ ।

२७ वैशाख, काठमाडौं । सहकारी क्षेत्रका अगुवा तथा केन्द्रीय बैंकका प्रतिनिधिले राष्ट्रिय भुक्तानी प्रणालीमा सहकारीलाई प्रवेश गराउन कानूनी सुधार जरुरी रहेको आवश्यकता औँल्याएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले आज आयोजना गरेको ‘सहकारीको वित्तीय सेवामा प्रविधि प्रयोग’ विषयक श्रव्यदृश्य अन्तक्र्रियामा उनीहरुले सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा प्रवेश गराउन नीतिगत व्यवस्था गर्न सरकारलाई सुझावसमेत दिएका छन ।

नेपाल राष्ट्र बैंक र सहकारी विभागले मापदण्ड बनाउनुपर्ने त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने, सहकारीको वर्गीकरण गरी मापदण्ड बनाउनुपर्ने र प्रविधि प्रयोगमा कानूनी वैधता दिनुपर्ने उनीहरुको जोड छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्न राष्ट्र बैंक तयार रहे पनि कानूनी र प्राविधिक समस्या भएको बताए ।

कानून संशोधन गरेर सहकारीलाई उक्त प्रणालीमा जोड्न सकिनेमा केन्द्रीय बैंक सकारात्मक रहेको नेपालको भनाइ छ । ‘तत्काल नै सहकारीलाई उक्त प्रणालीमा जोड्दा सुरक्षा र प्रभावकारितामा प्रश्न उठेकाले समस्या आएको हो, भावनात्मक कुराले मात्र हुँदैन, विधि र प्रक्रिया पूरा गरेर जानुपर्छ’, नेपालले भने।

बैंकले राष्ट्र बैंकसँग अनुमति नलिइ सहकारीसँग सम्झौता गरी एटिएमलगायतका सेवा सञ्चालन गर्नु वैधानिक नभएको नेपालको भनाइ छ । ‘अहिलेसम्म कुनै पनि बैंकले सहकारीसँग कारोवार गर्न स्वीकृति लिएको छैन’, उनले भने, ‘कुनै समस्या आए त्यस्तो सेवा बन्द हुन सक्छ र जवाफदेही पनि त्यही बैंक हुनेछ ।’

सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले सहकारीलाई साँघुरो सोचले मात्र हेर्न नहुने बताए । उनले सहकारीले पनि क्युआर कोड, वालेट, मोबाइल बैंकिङ, एटिएमल गायतका सेवा शुरु गरिसकेको अवस्थामा २५ जनाले झोलामा बोेकेर सहकारी सञ्चालन गर्ने मात्र हो भनेर सहकारीलाई प्रविधि प्रयोगमा रोक लगाउन नहुने धारणा राखे ।

उनले भने, ‘मुलुकको सार्वजनिक क्षेत्रसमेत प्रविधिमैत्री भइसकेको अवस्थामा सहकारीले पनि सञ्चालन गर्नुपर्छ, चेक जारी गर्न नपाउने भन्ने हुँदैन ।’

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले कानूनी अड्चनका कारण सहकारीमार्फत कारोवार गर्न अन्योल सिर्जना भएको बताए । क्लियरिङ हाउसले बैंक र नेफ्स्कुनसँग भुक्तानी कारोवारका लागि छलफल चलाए पनि कानूनी अड्चनका कारण कारोवार गर्न नसकिएको उनको भनाइ छ । सहकारी–सहकारीबीच कारोवार गर्ने वातावरण बन्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले सहकारीको कामबारे नै सरोकारवालामा अन्योल देखिएको तथा भुक्तानी तथा फर्छ्यौट ऐनका कारण सहकारीलाई डिजिटल कारोवार गर्न नीतिगत समस्या रहेको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ(नेफ्स्कुन)का कार्यकारी प्रमुख शिवजी सापकोटाले नेफ्स्कुनका चार हजार सदस्यमध्ये दुई हजार ५०० ले कोर बैंकिङ कारोवार गरिरहेका जानकारी दिए ।

साना र अव्यवस्थित संस्थालाई प्रविधि प्रयोगमा समस्या भएको उनको भनाइ छ । प्रणाली सञ्चालन गर्न परिवर्तित प्रविधि आत्मसाथ गर्न दक्ष जनशक्ति चाहिने र डिजिटल पेमेन्टमा जान सजिलो नभएको उनको भनाइ छ । रासस

वि.सं.२०७७ वैशाख २७ शनिवार १९:५९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...