back
CTIZAN AD

उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने

वि.सं.२०७७ वैशाख २७ शनिवार

732 

shares

२७ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबारदेखि सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच आज भएको छलफलले भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि उपत्यकामा केहि खुकुलो भएको लकडाउनमा अत्याधिक सवारी साधन गुड्न थालेपछि सवारी सञ्चालनमा कडाइ गर्न टाइम कार्ड सुरु गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

‘टाइम कार्ड’ लागू भएसँगै अब तोकेको समयमा मात्र सवारी साधन चलाउन पाइनेछ ।

जसअनुसार सरकारी कार्यालयका कर्मचारीहरूलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म अफिस गइसक्नु पर्नेछ भने बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।

खाद्यान्न, दूध, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बोक्ने सवारी साधनले बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने हुन्छ ।
निर्माण सामग्री बोकेका ठूला सवारी बेलुका ८ बजेपछि देखि बिहान ६ बजेसम्म मात्र उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू नहुने बताइएको छ ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १९:५१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...