back

काँकडभिट्टा नाकाबाट ३० मालवाहक गाडी नेपाल भित्रिए

वि.सं.२०७७ वैशाख २७ शनिवार

489 

shares
GLOBAL IME AD
NTC AD

२७ वैशाख,भद्रपुर । झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए । उनका अनुसार सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए । उनले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिए ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए । खाली गाडीलाई पानीट्याङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने उनको भनाइ छ । (रासस)

वि.सं.२०७७ वैशाख २७ शनिवार १९:१७ मा प्रकाशित

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा  स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

काठमाडौँ । स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा...

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...