२८ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार १ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ हजार १ सय १३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय १६ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ४१ लाख ७ सय २८ पुगेको छ भने २ लाख ८० हजार ४ सय ३१ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ वैशाख २८ आइतवार ०८:०५ मा प्रकाशित






























