back
CTIZAN AD

४१ लाख बढीमा कोरोना, अमेरिकामा ८० हजार बढीको मृत्यु

वि.सं.२०७७ वैशाख २९ सोमवार

855 

shares

२९ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) बाट अहिलेसम्म विश्वमा ४,१८०,३०५ जनालाई संक्रमित भएका छन् भने २८३,८६० जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये १४९०७७६ जना निको भएर घर फर्किएका छन् भने ४७०३८ जनाको अवस्था गम्भिर रहेको वोल्डोमिटरले जनाएको छ । संक्रमित भएका मध्ये ८४ प्रतिशत निको भएका छन् भने १८ प्रतिशतले ज्यान गुमाएको तथ्यांकले देखाउँछ । ।

वल्र्डोमीटरका अनुसार सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,३६७,६३८ पुगेको छ भने ८०७८७ जनाको को मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो स्पेन रहेको छ । स्पनेमा २६४,६६३ जनामा संक्रमण देखिएको छ भने २६,६२१ जनाको मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, बेलायत, इटाली, रसिया, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(८०,७८७) बेलायत दोेस्रो (३१,८५५), इटाली तेस्रो(३०,५६०), स्पेन चौंथोे(२६,६२१), फ्रान्स पाचौँ (२६,३८०), ब्राजिल छैठौँैँ (११,१२१), बेल्जियम सातौं(८,६५६), जर्मनी आठौं (७,५६९), इरान नवौँ (६,६४०), नेदरल्याण्ड दशौँ(५४४०) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

नेपालमा बढ्दै :
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ११० पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३३ रहेको छ । हालसम्म १६,८९८ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको थियो भने । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन जेठ ५ गतेसम्मलाई लम्ब्याएको छ । लकडाउनको ४९ औँ दिनमा हामी छौँ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ६७,८४८ जना संक्रमित रहेको र २,२१२ जनाको मृत्यु भएको देखिन्छ । संक्रमितको हिसाबमा भारत १४ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख २९ सोमवार ०८:५३ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...