back
CTIZAN AD

कोरोनाका कारण इटालीका ७ लाख बालबालिका पेटभरी खानबाट वञ्चित

वि.सं.२०७७ वैशाख २९ सोमवार

735 

shares

२८ बैशाख, रोम । इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ ।

संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य सङ्कटको कारण आर्थिक कठिनाइ झनै नराम्रो भएको कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो ।

“इटलीमा दुध वा खाना लिन सहयोग चाहिने १५ बर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या सात लाख रहेको छ,” कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो सङ्कटले गरिबलाई थप गरीबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ ।

कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन् । सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन । दक्षिणी इटलीमा यसरी कठिनाई भोग्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइउको छ ।

इटलीमा सङ्कटका कारण खाद्यान्नमा मूल्य वृद्धि भएको छ । इटलीमा महामारी पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८.४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधकोेमा ४.१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ ।

यद्यपि इटलीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरेपनि एक साथ ठूलो सङ्ख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ । एएफपी

वि.सं.२०७७ वैशाख २९ सोमवार ०९:३४ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...