back
CTIZAN AD

कहिले घट्छ कर्जाको ब्याज ?

वि.सं.२०७७ वैशाख २९ सोमवार

783 

shares

२९ वैशाख, काठमाडौं । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले चैत्र ११ गते देखि गरेको बन्दाबन्दीले  सबै भन्दा प्रभाबित भएको क्षेत्र नै आर्थिक क्षेत्र हो । आर्थिक क्षेत्रमा नराम्रो असर परे पनि यो समयमा बैंक तथा बित्तिय संस्थाहरुमा ठूलो मात्रामा लगानी योग्य रकम जम्मा भएर बसेको छ । यो अवधिमा अत्यावश्यक बाहेक आर्थिक गतिविधि बन्द थिए भने बैंक तथा बित्तिय संस्थाका अधिकांस शाखाहरु पनि बन्द थिए । यस्तो अबस्था हुँदा पनि बैंकहरुमा ठूलो मात्रामा रकम थुप्रिएर बसेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अबधिमा बैंक तथा बित्तिय क्षेत्रमा करिब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

“चैत्र महिनामा बैंकहरुको ब्याजको आधार दर औषत ९.३६ प्रतिशत थियो भने कर्जा र निक्षेपको अन्तर (स्प्रेड रेट ) औषतमा ४.९६ प्रतिशत रहेको छ । बैंकहरुले आधार दरमा कम्तीमा २ प्रतिशत थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्दछन । यसरी हेर्दा औषत आधार दर ९.३६ प्रतिशत हुदां कर्जाको न्युनतम ब्याजदर ११.३६ प्रतिशत हुन्छ । त्यसमा बैंकहरुले लिने सेवा शुल्क त छुट्टै छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा बित्तिय संस्थामा गत चैत ११ मा ३५ खर्ब ९४ अर्ब रुपैयाँ  निक्षेप रहेको थियो यो बढेर वैशाख २७ सम्ममा ३६ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यसको अर्थ बैंकमा लगानी योग्य पूँजी थन्किएर बसेको छ । लगानी माग गर्ने अधिकांस उद्योग कलकारखाना बन्दाबन्दिले थलिएकोे अबस्था छ । उत्पादन मुलक क्षेत्रहरु बन्द हुने र लगानी योग्य पूँजी बैंकहरुमा थन्किएको अबस्था छ । तत्कालै नै उद्योग धन्दाहरु सन्चालन हुने अबस्था आए पनि पूँजीको अभाब हुने देखिन्छ । बैकमा पैसा त छ तर ब्यजदर महंगो छ । चैत्र महिनाको बैंकहरुको आधार दर हेर्ने हो भने बैंकहरुले ब्याज घटाउने देखिंदैंन ।

चैत्र महिनामा बैंकहरुको ब्याजको आधार दर औषत ९.३६ प्रतिशत थियो भने कर्जा र निक्षेपको अन्तर (स्प्रेड रेट ) औषतमा ४.९६ प्रतिशत रहेको छ । बैंकहरुले आधार दरमा कम्तीमा २ प्रतिशत थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्दछन । यसरी हेर्दा औषत आधार दर ९.३६ प्रतिशत हुदां कर्जाको न्युनतम ब्याजदर ११.३६ प्रतिशत हुन्छ । त्यसमा बैंकहरुले लिने सेवा शुल्क त छुट्टै छ । महंगो ब्याजको कर्जा लिएर उत्पादन मूलक क्षेत्रमा लगानी गर्दा महंगो पर्न जान्छ । यसले उत्पादन गर्नु भन्दा आयतमा जोड दिन्छ । यता तिर बैंकहरुको ध्यान गएको देखिंदैन ।

सामान्यतया अर्थ व्यवस्थामा मागको तुलनामा पूर्ति बढी भयो भने मूल्य घट्दछ । यो सिद्धान्त बैंकमा पनि लागु हुने कुरा राष्ट्र बैंक तथा स्वयं बैंकरहरुले पनि बताउने गरेका छन । अहिले बैंकहरुमा पैसा थुप्रिएको छ तर ब्याज दर घटेको छैन । राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात १ प्रतिशत घटाएर तरलता बढाउने नीति लियो । तर कर्जाको ब्याज दर सामान्य अबस्थाको जस्तै औषत ९.३६ प्रतिशत, कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड रेट) करिब ५ प्रतिशत रहेको छ । यसको मतलब बैंकहरुले उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने भन्दा पनि जहाँबाट सबै भन्दा धेरै ब्याज असुल्न सकिन्छ त्यतै तिर लगानी गर्ने देखिन्छ ।

बैकहरुले चैत्र महिनाको आम्दानी सर्बजनिक गर्न थालेका छन । जस अनुसार अधिकांस बैंकहरुको आम्दानी १५ प्रतिशतको हाराहरीमा हुने देखिन्छ । यसले के देखाउँछ भने जस्तोसुकै संकट परे पनि बैंकहरुलाई समस्या पर्दैन । कोरोनाको विश्व व्यापि माहामारीले प्राय सबै क्षेत्रमा असर पारेको छ । यस्तो माहामारीको सबैले दुखलाई बाँडेर सामना गर्नु पर्ने हो तर बैकिङ क्षेत्र दुखलाई बाडेर सामना गर्ने भन्दा पनि मौका यहि हो भन्दै जसरी पनि बढी नाफा कमाउने तर्फ उद्यत देखिन्छ । यसको पछिल्लो उदाहरण बैकका संचालक तथा सिईओहरुको बिचमा देखिएको खटपटले पनि देखाउँछ । बैंकका संचालकहरु कर्जाको ब्याजदर घटाउँन तयार हुने तर सिईओहरु चाहिं तयार नहुने अबस्थाले पनि नेपालका बैंक तथा बित्तिय संस्थाहरुको उद्देस्य के हो भन्ने कुरा प्रस्ट पार्दछ ।

अहिलेको संकटको सामना गर्नका लागि अनाबस्यक खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बित्तिय क्षेत्र सरकारसंग च्याँखे थापेर बसेको छ । तर सबै तिरबाट प्रस्न उठ्न थालेको छ, कहिले घट्छ कर्जाको ब्याज ? र उत्पादन मूलक क्षेत्रमा लगानी गर्न पाईन्छ । अहिलेको अबस्थाले नव नियुक्त गभर्नरले बैकिङ सिण्डिकेटका बिरुद्ध कस्तो कदम चाल्छन चासोको विषय वनेको छ ।

हेर्नुहोस बैंकहरुको २०७६ चैत्र महिनाको आधार दर र स्प्रेड दर

वि.सं.२०७७ वैशाख २९ सोमवार १८:४१ मा प्रकाशित

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...