back
CTIZAN AD

कतार च्यारिटीबाट १,२ र ५ नम्बर प्रदेशलाई स्वास्थ्य सामग्री सहयोग

वि.सं.२०७७ वैशाख २९ सोमवार

744 

shares

२९ बैशाख,काठमाण्डौं । कतार च्यारिटीले तीन प्रदेशका लागि कोभिड–१९ को उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ । च्यारिटीले प्रदेश नम्बर १, २ र ५ का लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) र ज्वरो नाप्ने थर्मल गन सहयोग गरिएको जनाएको छ ।

सात सय थान पिपिइ र १२६ थान थर्मल गन प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्साद अली शेखले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमार्फत तीन सय थान पिपिइ र २६ थान थर्मल गन स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरलाई हस्तान्तरण गरिएको हो । त्यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमार्फत एक सय थान पिपिई र ३१ थान थर्मल गन स्वास्थ्य व्यवस्थापन केन्द्र जनकपुर तथा प्रदेश ५ का लागि तीन सय पिपिई र ७० थान थर्मल गन स्वास्थ्य व्यवस्थापन केन्द्र बुटवललाई हस्तान्तरण गरिएको हो ।

प्रबन्धक शेखका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको कामलाई सहयोग गर्न र बढी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षणका लागि सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको हो । लकडाउनका कारण समस्यामा परेका सुनसरीका मजदूर तथा विपन्न ५६० घरपरिवारलाई खाद्यान्न सामग्री पनि संस्थाले सहयोग गरेको थियो । च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, विद्यालयमा चर्पीलगायत आवश्यक पूर्वाधार निर्माण तथा कमजोर आर्थिक अवस्था भएकालाई आर्थिक सहयोग गर्दै आएको छ । रासस

वि.सं.२०७७ वैशाख २९ सोमवार १८:५७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...