back
CTIZAN AD

फलाम तातेकै बेला आकार दिने हो

वि.सं.२०७७ वैशाख ३० मंगलवार

1.1K 

shares

अहिले नेपालमा सरकार पक्ष, प्रतिपक्ष, नागरिक समाज, विद्यार्थी, युवा, संगितकला कर्मी लिपुलेक हुँदै भारत र चीन जोड्ने सडक निर्माणका कुराले जुर्मुराएको भान हुन्छ । नेपालको हामीले पढाएको नक्शा र सामाजिक सञ्जालमा देखिने लिम्पियाधुरासम्मको नक्शामा अन्तर छ । साविक नक्शामा कालापानीसम्मको मात्र हो कि जस्तो देखिन्छ ।

मलाई लाग्छ नेपालीले आफ्नो घरखेत तारबार गर्दा पनि चुच्चा चुच्ची छोडेर गर्ने अनि छिमेकीले थोरै यताउति गरे झगडा गर्ने चलन छ त्यस्तै देशको नक्शांकनमा पनि भएको हो कि ? होइन भने देशको नक्शा भन्दा परको बस्तीको जनगणना कसरी सम्भव थियो ? नेपाल भित्र तराई क्षेत्रमा जग्गाको कित्ताकाँट र नापी नक्शामा समस्या देखिन्छ । किनकी पहिला जग्गा फिट, धुरको खासै महत्व थिएन अहिले फिटफिटको हिसाब गर्दा पुरानो नापी मिल्दै मिल्दैन । लिपु लेकमा पनि त्यस्तै गरेर तल बसेर लिम्पियाधुरासम्मको नक्शांकन गर्दा कमि कमजोरी भयो कि ! जुन बेला त्यो सानो तान्द्रो अनुत्पादक क्षेत्र वास्ता गरेर वीर नेपालीले मन ठूलो बनायो ।

जब संसदको वजेट अधिवेशन शुरु भयो बाबुरामले लिपुलेकमा भारतले मानसरोवर जाने सडक बनाई उद्घाटन गरेको कुरा राखे अनि मुखले राष्ट्रवादी देखि अन्तर आत्मादेखि देशलाई माया गर्नेहरु जुर्मुराए । अहिले सडकदेखि संसदसम्म, युट्बदेखि टिभि च्यानलसम्म लिपुलेकको चर्चा छ ।

मलाई लागेको संसद नचलेको भए सरकारका र प्रतिपक्षका नेता के बोल्थे ? अनि बाबुरामले थाहा पाउने देशको रक्षाका जिम्मा लिनेले थाहा नपाउने के होला ? अनि वाबुरामले बोलेको हो रहेछ कि नाई सरकार पुष्टि गरेर अगाडि बढेको र अन्य बिरोधका स्वर आएका होलान् कि ? कागको कथा होला ?

जब चीन र भारतको बिचमा लिपुलेक हुँदै पारबहन सम्झौताको खवर आएको थियो र नेपाल जागेको थियो । त्यसैबेला सफल कुटनैतिक पहल किन नगरेको ? विवाह गर्दा यस्सो बिरोधमा उत्रेर छोड्ने अनि बच्चा जन्मेकोमा फेरि बिरोध ? नेपालका प्रचण्ड देखि केपी, देउवा, विप्लव, बाबुराम, महन्तसम्मका राजनैतिक दलपार्टी, सामाजिक अभियान्ता र युवा विद्यार्थी सबैले कसम खाएर देश ढिक्का बनाई भारत, चीन र आवश्यक परे अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरि यो समस्या किनारा लगाई नयाँ नक्शा बनाउने, काँडेतार कामको थालनी गर्न जरुरी छ । फलाम तातेको बेलामा नपिटे आकार दिन सकिन्न । अर्काे बिषय झिकेर बिषयान्तर गर्न हुँदैन । हामी साना छदाँदेखि कालापानीबाट भारतीय सेना र ब्यारेक हटाउने कुराको आवाज सुन्दै र नारा लगाउँदै आएका हौं । त्यसैले चाहे महेन्द्रले बिगारेको होस्, चाहे यसभन्दा अगाडि सरकारले केही नगरेको होस् अब गर्नु प¥र्याे । सरकार बलियो छ कुनै लोभिपापीको प्रलोभनमा नपरी काम गर्नु सारा नेपालीको एक सुत्रीय काम बनेको छ, यति वेला ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०९:३७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...