back
CTIZAN AD

बाँझो जग्गा सदुपयोगमा यसो गर्दैछ, महाशिला गाउँपालिका

वि.सं.२०७७ वैशाख ३० मंगलवार

2K 

shares

३० वैशाख, काठमाडौँ । लकडाउनको सदुपयोग गर्दै पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा न. ३ बालाकोटले बाँझो जमिनमा व्यवसायिक कफी र केरा खेती सुरू गर्ने भएको छ ।

कृषि क्षेत्रको लागि उपयुक्र्त क्षेत्र मानिने भएकाले सो वडामा कफी लगायत अन्य व्यवसायिक खेती सुरू गर्न लागिएको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए ।

महाशिलाको वडा न ३ बालाकोटका गाउँमा रहेका युवाहरूलाई रोजगारी दिन र बालाकोटमा कृषिको क्रान्ति गरि परिवर्तन गर्ने उद्येश्यले ५० रोपनी जग्गा भाडामा लिएर कफि उत्पादन सुरू गर्न लागेको वडा अध्यक्ष रोशन गुरूङले बताए ।

उनले आगामी बर्ष जग्गाको दायरा बढाएर गाउँमा बाँझो रहेको २०० रोपनी जग्गा भाडामा लिइ अन्य कृषिखेती समेत गरिने योजना रहेको बताए ।

वडा अध्यक्ष गुरूङ लकडाउनको सदुपयोग गरि गाउँका युवाहरूलाई भेला गरी बाँझो जग्गा फडानी, सिचाई लगायत बिरूवाहरू रोप्नका लागि खाडल खन्ने काममा कस्सिएका छन् । उनी वडाका युवाहरूलाई बिदेश जानबाट रोक्ने मुख्य उद्येश्य रहेको बताउँछन् ।

यसबर्ष जेष्ठ अन्तिमसम्ममा करिब ५ हजार कफिका बिरुवा रोपिने र कफिको छहारीको लागि व्यवसायिक रूपमै २५ सय केराका बिरूवा रोपिने वडा लेखा सहायक बिमल रिजालले जानकारी दिए । वडाको संयोजनमा अहिले अन्य तरकारी खेतीहरू पनि गरिएको छ ।

पछिल्लो केही बर्ष देखि व्यवसायिक रूपमै पर्वतमा कफी खेती सुरू भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले पनि देखाएको छ । सबैभन्दा धेरै स्याङ्जा जिल्लामा ३७।८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०।७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै आएका छन् ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १०:०४ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...