back
CTIZAN AD

यस्तो छ विश्वभरको कोरोना अपडेट

वि.सं.२०७७ जेठ १ बिहीवार

879 

shares

१ जेठ, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) बाट अहिलेसम्म विश्वमा ४,४२८,२३८ जनालाई संक्रमित भएका छन् भने २९८,०८३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ८८,१८० नयाँ संक्रमित थपिएका छन् भने ५५२२ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना प्रभाव २१३ देशमा पुगेको छ । प्रभावित हुनेमा रसियाले बेलायतलाई उछिनेको छ भने ज्यान गुमाउनेमा क्यानडाले चीनलाई उछिनेको छ ।

संक्रमित मध्ये १,६५७,९०५ जना निको भएर घर फर्किएका छन् भने ४,५९२० जनाको अवस्था गम्भिर रहेको वोल्डोमिटरले जनाएको छ । संक्रमित भएका मध्ये ८५ प्रतिशत निको भएका छन् भने १५ प्रतिशतले ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ ।

वल्र्डोमीटरका अनुसार सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,४३०,३४८ पुगेको छ भने ८५,१९७ जनाको मृत्यु भएको छ । २४ घण्टामा २१,७१३ नयाँ संक्रमित थपिएका छन् भने १,७७२ जनाको मृत्यु भएको छ ।
संक्रमितको हिसाबमा अमेरिका सबैभन्दा अगाडि छ भने दोस्रो स्पेन रहेको छ । स्पनेमा २७१,०९५ जनामा संक्रमण देखिएको छ भने २७,१०४ जनाको मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, रसिया, बेलायत, इटाली, ब्राजिल, फ्रान्स, जर्मनी, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(८५,१९७) बेलायत दोेस्रो (३३,१८६), इटाली तेस्रो(३१,१०६), स्पेन चौंथोे(२७,१०४), फ्रान्स पाचौँ (२७,०७४), ब्राजिल छैठौँैँ (१३,१५८), बेल्जियम सातौं(८,८४३), जर्मनी आठौं (७,८६१), इरान नवौँ (६,७८३), नेदरल्याण्ड दशौँ(५,५६२), क्यानडा एघारौँ(५,३०२) र चीन बाह्रौँ (४,६३३) देश रहेका छन् ।

२४ घण्टामा संक्रमित हुनेमा ब्राजिलले फ्रान्सलाई उछिनेको छ ।

नेपालमा बढ्दै तथ्याङ्क  :
३१ गते बुधबार नेपालमा २४ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३५ रहेको छ । हालसम्म २१,३६६ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन जेठ ३ गतेसम्मलाई लम्ब्याएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ७८,०५५ जना संक्रमित रहेको र २,५५१ जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो २४ घण्टामा ३७६३ संक्रमित देखिएका छन् भन १३६ जनाको मृत्यु भएको छ । संक्रमितको हिसाबमा भारत १२ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क

 

वि.सं.२०७७ जेठ १ बिहीवार ०८:१७ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...