back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च साइप्रसद्धारा भारतीय हस्तक्षेपको विरोध

वि.सं.२०७७ जेठ १ बिहीवार

852 

shares

१ जेठ, साइप्रस । प्रवासी नेपाली एकता मन्च साइप्रसले नेपाली भूमिमाथि भारतले गरेको हस्तक्षेपको विरोध गर्दै त्यसको घोर भत्र्सना गरेको छ ।

भारतले स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक नेपालको भूमि लिपुलेक क्षेत्र मिचेर चीनमा अवस्थित मानसरोवर पुग्ने सडक निर्माण गरि उद्घाटन गरेको प्रति प्रवासी नेपाली एकता मन्च साइप्रसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वभौम मुलुक नेपालप्रति बिस्तारबादी रबैयाका कारण सार्वभौम नेपाली जनतामा आक्रोस आउनुका साथै भारत र नेपाल बिचको मित्रवत् सम्बन्धमा तिक्तता उत्पन्न भएको पनि मन्चले ठहर गरेको छ ।
‘बिगतमा पनि नेपालको भूमी कालापानी लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरि भारतले नक्सा सार्बजनिक गरेको थियो र झन अहिलेत विवादित सीमामा पूर्वधार निर्माण गर्न नपाइने अन्तर्रा्ष्ट्रिय मान्यता बिपरित नेपालको भुमी मिचेर एकतर्फी रुपमा सडक निर्माण जस्तो संबेदनसिल गतिविधि गरेको प्रति प्रवासी नेपाली एकता मंच साइप्रस घोर भ्रत्सना गर्दछ ।’ मन्चका सचिव केशव ठकुरीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ,
ज‘बजब नेपाल संकटबाट गुज्रिरहेको हुन्छ नेपालको राजनीतिक आकाशमाथि कालो वादल मडारिन थाल्छ अनि त्यसको मौकाको फाइदा उठाइ सार्बभौम मुलुक नेपालको भूमिमाथी विस्तारवादि भारतले राजनितीक र भौगोलिक हस्तक्षेप गर्ने पुरानै रोग रहेको छ ।
जबसम्म हामी आर्थिक, राजनैतिक र डिप्लोमेटिक हैसियतमा बलियो हुन सक्दैनौं र आन्तरिक कुर्सी र शत्ताको भोगमा लिप्त हुन्छौ तबसम्म हामिमाथि यस्ता खतराहरु आइपरि रहन्छ्न ! हामीले अब हाम्रो आन्तरिक राष्ट्रियता बलियो बनाउनको विकल्प छैन । सर्बभौम मुलुक नेपालको हितको लागि सहि र दीर्घकालीन योजना बनाइ नेपाल सरकारले कुटनैतिक र राजनैतिक सम्बाद मार्फत विभिन्न सिमा बिबाद समाधान, असमान सन्धी र सम्झौता खारेज गर्न संकल्प लिइ सिंगो मुलुक लाइ एकढिक्का बनाइ मिचिएका सबै भूभाग फिर्ता लिन सक्ने ताकत नेपाल सरकारले राख्नु पर्दछ ।

त्यसैले हाम्रा पुर्खाको कुर्वानीलाई अंगिकार गर्दै हाम्रा सबै खाले कुटनैतिक हैसियतहरु र शत्ताको चरित्र बलियो बनाइ असंलग्न परारष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकीहरुसँग पारस्पारिक सम्बन्ध स्थापित गर्न नेपाल सरकार लाई हार्दिक अनुरोध गर्दछौ ।’

वि.सं.२०७७ जेठ १ बिहीवार १३:२३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...