back
CTIZAN AD

चार्टड फ्लाइटबाट जापान फर्कंदै हुनुहुन्छ, जानुअघि यो सूचना अवश्य पढ्नुस्

वि.सं.२०७७ जेठ ५ सोमवार

819 

shares

५ जेठ, काठमाडौँ । नेपाल सरकारले लकडाउनका कारण जापान जानबाट रोकिएका करिब ६ सय नेपालीलाई जापान फर्कन सक्ने अनुमति दिएको छ । सरकारले जापान जान रोकिएकाहरुलाई चाटर्ड विमान मार्फत जापान पठाउने निर्णय गरेसँगै जापानस्थित नेपाली दूतावासले जापान फर्कने नेपालीहरुलाई जरुरी सूचना जारी गरेको छ ।

विश्वनै कोरोना भाइरस(कोभिड १९) बाट प्रभावित भएको सन्दर्भमा कोरोना भाइरसको रोकथामका लागि जापान सरकारले लागू गरेको नियमको परिपालना गर्न अनुरोध गर्दै जापान फर्किने नेपालीहरुलाई ती नियमहरुबारे जानकारी गराएको छ ।

जसअनुसार जापान पुगेपछि कोरोना नदेखिएपनि १४ दिन क्यारेन्टिनमा बस्नु पर्ने हुन्छ, तर क्वारेन्टाइन आफू बस्ने घर नै हुनेछ ।

जापान पुगेपश्चात् आफ्नो बासस्थानका बारेमा सुनिश्चित हुनुपर्दछ यदि छैन भने व्यक्ति स्वयंले आफ्नै खर्चमा होटल बस्ने स्थानको निश्चित गर्नुपर्ने हुन्छ ।

विमानस्थल देखि आफू बस्ने स्थानसम्म जान सार्वजनिक यातायात प्रयोग गर्न नपाइने हुँदा आफैले प्राइभेट सवारीसाधनको व्यवस्थापन गर्नुपर्दछ ।

त्यस्तै आफ्नो बासस्थानमा पुगेपछि पनि सम्बन्धित व्यक्तिले दैनिक रूपमा आफ्नो स्वास्थ्यस्थितिका बारेमा अनिवार्य रूपमा जानकारी गराउनु पर्ने लगायत रहेका छन्

नेपाली दूतावासले निकालेको जरुरी सूचना :

Charter Flight मा नेपालबाट जापान आउनु भएका एवं आउने क्रममा रहनुभएका नेपाली दिदीबहिनीहरू तथा दाजुभाइहरूमा सादर अनुरोध :

कोभिड – १९ को संक्रमण दिनप्रति दिन बढ्दै गएको र यसबाट विश्वका प्रायः सबै देशहरू प्रभावित भएको व्यहोरा हामीलाइ विदित नै छ । यो विषम परिस्थितिमा विदामा, पारिवारिक भेटघाट वा अन्य कारणले नेपाल जानुभई नेपालबाट हुने सबै नियमित उडानहरू स्थगन भएकोले जापान आउन नपाउँदा उहाँहरूको अध्ययन संस्थानहरुमा, कार्यस्थलमा तथा व्यापार – व्यवसायमा समेत असर पर्ने देखिएको हुँदा नेपाल सरकार एवं जापान सरकारको सहमति र स्वीकृतिमा मे १६, २०२० का दिन चार्टर फ्लाइटबाट जापान आउनु भएका एवं आगामी दिनहरूमा आउने योजनामा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरू एवं दाजुभाइहरूले नेपालबाट जापान प्रस्थान गर्नु अगाडि र जापान आगमनपश्चात यस महामारीको परिप्रेक्ष्यमा अनिवार्य रुपमा पालन गर्नुपर्ने जापान सरकारले अपनाएका निम्नानुसारका प्रावधानहरु सबैले अनुशरण गर्नु गराउनु हुन सादर अनुरोध गरिन्छः

1) कोभिड – १९ को कुनै लक्षण नदेखिएको भएतापनि जापान आगमन पश्चात् त्यस्ता व्यक्तिहरू Chief of the Quarantine Station ले तोकेको स्थानमा १४ दिनसम्म अनिवार्य रूपमा Quarantine मा बस्नुपर्ने छ । सामान्यतः यस्तो Quarantine स्थान आफू बस्ने घर हुनेछ ।

2) जापान आगमन पश्चात् बस्ने स्थानको निश्चित छैन भने व्यक्ति स्वयंले आफ्नै खर्चमा होटल वा Japanese Style – Inn को व्यवस्था गर्नु पर्नेछ । त्यसैले आफ्नो बासस्थानका बारेमा सुनिश्चित गर्नुहोला ।

3) विमानस्थलमा आगमन पश्चात् Quarantine Officer ले तपाइँले प्रयोग गर्ने सवारी साधन र बस्नुहुने स्थानको अभिलेख राख्नेछन् । विवरण उपलब्ध गराउन सहयोग गर्नुहोला ।

4) विमानस्थल देखि आफू बस्ने स्थानसम्म जान सार्वजनिक यातायात (बुलेट ट्रेन, मेट्रो, ट्रेन, सार्वजनिक बस, आन्तरिक उडान, ट्याक्सी आदि) प्रयोग गर्न पाइने छैन । त्यसैले आफैले प्राइभेट सवारीसाधनको व्यवस्थापन गर्नुहोला ।

5) विमानस्थल देखि बासस्थानसम्म जानका लागि यातायातका साधान र बासस्थानको व्यवस्थापनको जिम्मा स्वयं आफूले गर्नुपर्ने छ । सार्वजनिक यातायातको प्रयोग गर्न पाइने छैन ।

6) आफ्नो बासस्थानमा पुगेपछि पनि सम्बन्धित व्यक्तिले दैनिक रूपमा आफ्नो स्वास्थ्यस्थितिका बारेमा अनिवार्य रूपमा जानकारी गराउनु पर्नेछ ।

7) Quarantine अवधिभर (१४ दिनसम्म) कुनै किसिमको सार्वजनिक यातायात प्रयोग गर्न पाइने छैन र घरमा बस्दा पनि कोभिड – १९ बाट सुरक्षित रहने आचरण, बानीव्यहोरा एवं सावधानीका उपायहरू अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने छ ।

नेपालबाट चार्टर उडान भर्ने एयर लाइन्स तथा ट्राभल एजेन्सीहरुले पनि जापान सरकारले अपनाएका माथि उल्लेखित कुराहरु नेपालबाट यात्रा गर्ने सबै यात्रुहरुलाई अनिवार्य रुपमा अग्रिम जानकारी गराउनु हुन पनि अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास
टोकियो, जापान ।
मितिः २०७७।०२।०४

वि.सं.२०७७ जेठ ५ सोमवार ०९:५३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...