back
CTIZAN AD

प्रवासी नेपाली एकता मंच यूकेद्धारा भारतीय हस्तक्षेपको भत्र्सना, प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र बुझाइने

वि.सं.२०७७ जेठ ५ सोमवार

822 

shares

५ जेठ, युके । प्रवासी नेपाली एकता मंच युकेले नेपाली भूमिमाथि भारतले गरेको हस्तक्षेपविरुद्ध भारतीय प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

मे १७ आइतबार मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न मंचको दोश्रो बैठकले भारतीय रवैयाको प्रवासमा रहेका प्रवासी नेपालीहरूको तर्फबाट घोरभत्सर्ना गर्दै बेलायतस्थित नेपालका राजनीतिक पार्टीहरूसँग सम्बन्ध भएका संघसंस्थाहरू तथा गैरआवासीय नेपाली संघ युके समेतसँग छलफल र समन्वय गरी यथासिघ्र भारतीय राजदूतावास लण्डन मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको छ ।

‘नेपालमा हालै मित्रराष्ट्र भारतले नेपाली भूमि अतिक्रमण गरेर चीनको तिब्बत कैलाश मानसरोवर यात्राका लागि ८० किलो मिटरको पक्की धार्चुला लिपुलेक लिंकरोड निर्माण गरी ८ मे २०२०,का दिन उद्घाटन समेत गरेकोमा सार्वभौम मुलुक नेपालको भू भाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र राखेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन भएको तथा सुगौली सन्धीदेखिका ऐतिहासिक तथ्य, दस्ताबेज र प्रमाणले नेपाली भूमि हो भन्ने प्रमाणित हुदा हुदै पनि पटक–पटक नेपालको अस्मिता प्रति अतिक्रमण गर्ने यस्ता भारतीय रवैयाको प्रवासमा रहेका प्रवासी नेपाली हरूको तर्फबाट घोरभत्सर्ना गर्दछौं,’ बैठकपछि मन्चद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलायतस्थित नेपालका राजनीतिक पार्टीहरूसँग नजिकका सम्बन्ध भएका संघ संस्थाहरू तथा गैरआवासीय नेपाली संघ युके समेतसँग छलफल र समन्वय गरी यथासिघ्र भारतीय राजदूतावास लण्डन मार्फत भारतीय प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र दिइने’ बताइएको छ ।

विभिन्न समयामयिक विषय तथा संस्थाको आन्तरिक र बाह्य गतिबिधीका बारेमा समेत छलफल गरिएको उक्त बैठकले बिभिन्न निर्णयहहरु समेत गरेको छ ।

बैठकले कोभिड-१९ को माहामारीमा मन्चका सदस्यहरू मिलन केसीका पिता र सरस्वती केसीका ससुरा तथा बाग्लुंग जिल्ला अमलाचौर गाबिसका पूर्बउपाध्यक्ष कर्ण बहादुर क्षेत्रीलगायत बेलायतमा मृत्यु भएका संपूर्ण नेपालीहरू तथा संसारभरी जीवन गुमाउने संपूर्ण मानवजातीप्रति हार्दिक श्रद्धांजलि ब्यक्त गरेको छ ।

मन्चको सोहि बैठकले बेलायतमा नेपालीहरूको बस्ती भएको क्षेत्रहरूमा राहतको रूपमा अत्यावश्यक सामग्रीहरू बितरण गर्नका लागि मंचका क्षेत्रीय स्वयंसेवक कमिटीहरू परिचालन गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी प्रवासी नेपाली एकता मंचहरूले संयुक्तरूपमा प्रधानमंत्री राहतकोषमा सहयोग समेत गर्ने निर्णय गरेको छ । यसकालागी हाल कार्यसमितीका सदस्यहरूबाट मात्र सहयोग रकम संकलन गर्ने र नपुग हुनआएको खण्डमा साधारण सदस्यहरूबाट समेत उठाउन सकिने निर्णय समेत भएको मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले संसारन्युलाई बताएका छन् ।

त्यसैगरी मंचले बिभिन्न क्षेत्रहरूमा गठन गरेको कमिटीहरू मार्फत कोभिड–१९ बाट प्रभावित नेपालीहरुमा अत्याबस्यक बस्तु तथा सेवाहरू उपलब्ध गराउन कमिटीहरू सकृय गराउने र केही बांकी क्षेत्रमा यथासिघ्र कमिटीहरू बनाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी नेपाल तथा सम्बन्धीत देशमा लकडाउनका कारण नेपाल यात्रा गर्न नपाएका र जोखिममा परेकाहरूको बारेमा नेपाल सरकारका सम्बंधित निकायहरूसँग परामर्श गर्ने तथा यस कामको निम्ती भारत, मध्यपूर्व आदी देशहरूमा रहेका नेपालीहरुको सम्बेदनसीलतालाई समेत मध्यनजर राख्दै बेलायतस्थित नेपाली दूतावास तथा एनआरएनए लगायत बिभिन्न संघसंस्थाहरूसँग सहकार्यमा प्राथमिकताको आधारमा काम गर्ने निर्णय गरिएको पनि मन्चका सचिव सुरेश गौतमले बताएका छन् ।

वि.सं.२०७७ जेठ ५ सोमवार १४:०४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...