back
CTIZAN AD

बाल्टिमोरमा फेरि एक नेपालीको मृत्यु

वि.सं.२०७७ जेठ ५ सोमवार

714 

shares

१८ मे । अमेरिकाको बाल्टिमोरमा एकै हप्तामा दुई नेपालीको मृत्यु भएको छ । अघिल्लो हप्ता बुधबार बाल्टिमोर नजिककै क्रफ्टन भन्ने ठाउँमा बस्दै आएका बैकुण्ठ लामिछानेको जन्डिस रोगका कारण निधन भएको थियो भने बाल्टिमोर नजिक ग्लेन बर्नी भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा आशिष केसीको  हिजो(आइतबार) निधन भएको छ ।

बाल्टिमोरमा एक नेपालीको निधन

नेपाली मूलको पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा मेरिल्याण्ड राज्यका सांसद डेलिगेट ह्यारी भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी दिएका छन् । वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले २५  वर्षीय आशिष केसीको निधन भएको जानकारी दिएको उनले सञ्जालमा उल्लेख गरेका छन् ।

बाग्लुङ जिल्ला पुख्र्यौली थलो भएका केसी गत शुक्रवार ग्लेन बर्नी नजिकैको एक तालमा डुबेका थिए । उपचारका क्रममा आइतबार निधन भएको बताइएको छ । कार्की विगत ३ वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका थिए ।

आफ्नै भतिज र साथीहरुसंग तालमा पुगेका केसी पौडी खेल्दै जाँदा पानीको मूख्य भागमा पुगेपछि डुबेका थिए । उनीसंगै गएका भतिज र साथीभाइले उनको उद्धार गर्न नसकेपछि आकस्मिक सेवामा सम्पर्क गरी उनलाई हेलिकोप्टरबाट उद्धार गरी वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टर पु¥याईएको थियो । उनको उपचारको क्रममा निधन भएको बताइएको छ ।

आशिषलाई अस्पताल पु¥याउने समयसम्म मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको, मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो । डाक्टरहरले तीनपक सम्म बन्द भएको मुटुको धड्कनलाई फर्काउन सफल भएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखि उपचार गराइएको आफूलाई अस्पतालले जानकारी दिएको भन्दै डेलिगेट भण्डारीले लेखेका छन् ।

उनको मृत्यु बारे नेपालमा रहेका बुवाआमा र परिवारलाईसमेत जानकारी गराइसकेको बताउँदै डेलिगेट भण्डारीले अन्तिम संस्कारका लागि आवश्यक प्रक्रिया पुरा गरी परिवारको समन्वय र स्थानीय संघसंस्थाहरुको प्रतिनिधिसँग सहकार्य गरेर व्यवस्थापन गरिने जानकारी दिएका छन् ।

आश्चर्य नै भन्नुपर्दछ, दुवैको एउटै अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ११:१९ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...