back
CTIZAN AD

बेल्जियमबाट दामोदर आचार्य भन्छन्–’नेपालले लकडाउन खोल्न ढिला नगरोस्’

वि.सं.२०७७ जेठ ५ सोमवार

1.3K 

shares

५ जेठ, बेल्जियम । बेल्जयममा रहेका सामाजिक अभियन्ता दामोदरप्रसाद आचार्यले नेपाल सरकारले लकडाउन खोल्न ढिलो नगरोस् भन्ने सुझाएका छन् ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति समेत रहेका आचार्यले सरकारले चिकित्सा क्षेत्रका विज्ञहरू र सूक्ष्मजीव विज्ञहरू संगको परामर्शमा संक्रमित धेरै भएका जिल्लालाई अति जोखीममा रेड जोन, संक्रमित थोरै भएका जिल्लालाई कम जोखीममा यलो जोन र संक्रमित नै नभएका जिल्लाहरूलाई ग्रीन जोनको रूपमा विभाजित गरेर जनताको जनजीवीकालाई सहज बनाउनका लागि लकडाउनलाई खुकुलो बनाऊन Exit Strategy को कार्यनीति अवलम्बन गर्नु जरूरी रहेको पनि उनले सुझाएका छन् ।

नेपालमा लकडाउनको अवधि जति थपियो संक्रमितको संख्या पनि त्यसरी बढेको बताउँदै लकडाउनलाई खुकुलो बनाउन र जनतालाई सर्तकता अपनाउन सुझाएका छन् । ‘लकडाउन खुकूलो गरेता पनि उचित तवरले मास्कको प्रयोग गर्न, सामाजिक दूरी पालना गर्न र स्यानिटाइजरको नियमित प्रयोग गर्न कसैले पनि बिर्सनु हुदैन ।’ उनले भनेका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले भनेका छन्, ‘विश्वका विभिन्न देशमा लकडाउनको अवधि थपको विरोधमा प्रदर्शनहरू हुन थालेका छन् । अमेरिकाबाट सुरु भएको लकडाउन विरोधी प्रदर्शन जर्मनी, बेलायत हुदै पोल्यान्डसम्म विस्तार भएको छ । यस संदर्भमा नेपालले लकडाउन खुकूलो गर्ने रणनीति अबिलम्व लागु गर्नेतर्फ ध्यान पुर्याऊनु सान्दर्भिक हुन्छ ।’

लकडाउनका कारण जनताले कठोर परिश्रम र मेहनत गरेर उत्पादन गरेका अनाज, फलफूल र सागसब्जी बजारमा बिक्री वितरण गर्न असहज भएको र दूग्धजन्य पदार्थ आदिको बिक्री वितरणलाई समेत आघात पुगेको बताउँदै यी विषयमा सरकारको दृष्टि पुग्नुपर्ने समेत बताएका छन् । ‘अर्कोतर्फ नेपाल कृषि प्रधान देश भएको नाताले कृषकहरूको लागि आवश्यक पर्ने मलखाद र विउविजन खरिदको बजार ब्यवस्थाको सहजतातर्फ समेत सरकारको ध्यानाकर्षण हुनू जरूरी छ ।’ आचार्यले भनेका छन् ।

कोरोना संक्रमणका कारण नेपालमा दुई जनाको दुखद निधन भएको समाचार समेत सार्वजनिक भइसकेको अवस्थामा पनि आवश्यक स्वास्थ्य सामाग्रीहरूको अभावका कारण परिक्षणलाई अत्यधिक बढाउन नसकिएकोमा पनि आचार्यले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७७ जेठ ५ सोमवार १४:३४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...