back
CTIZAN AD

महाभारतको नपढिएका कथा–२

वि.सं.२०७७ जेठ ५ सोमवार

687 

shares

कर्णलाई सबैले दानवीर भनेको अर्जुनलाई कता कता विज्दोरहेछ। कुनै समय कतै घुम्दैगर्दा श्रीकृष्णलाई सोधीहाले। दान त म पनि गर्छु। तर सबैले कर्णको मात्र नाँउ लिन्छन्। किन होला प्रभू ? मेरो सानो जिज्ञासा शान्त पार्नुहोस्।

श्रीकृष्ण मुस्कुराउँदै भन्नुभो। ठीक छ पार्थ, समय आएपछि त्यस्को जवाफ स्वतस् मिल्नेछ। दुबैजना हिंड्दै गर्दा एउटा चौतारीमा बिश्राम गर्न पुग्छन्। अचानक श्रीकृष्णले त्यहाँ सुनका सिक्काको थुप्रोनै लगाई दिनुभो। अर्जुन, आसपासका गाँउलेलाई बोलाउ। जसलाई जरूरत छ, उसलाई बाँडिदेउ।

अर्जुनले गाँउलेलाई एकत्रित गरेर जरूरत पर्नेलाई ती सिक्काहरू बाँड्न थाले। जती बाँड्छन् थुप्रो घट्नेवाला छैन। बाँड्दा(बाँड्दा थकानले चुर भए। भन्छन् प्रभू म त थाकिसकें। श्रीकृष्ण भन्नुहुन्छ, ठीक छ तिमी थाकौ भने आराम गर। बाँकी सिक्का बाँड्नका लागि म कर्णलाई बोलाउँछु।

कर्ण तत्क्षण उपस्थित भए र श्रीकृष्णलाई बोलाउनुको कारण सोधे। श्रीकृष्णले सिक्कातर्फ हेर्दै भन्नुभो कर्ण, त्यहाँ बाँकी सिक्काहरू छ्न्। तिमीले गाउँलेलाई बाँड्न पर्नेभयो। कर्णले गाँउलेतर्फ ईशारा गर्दै, यी सिक्का पनि तपाईहरूकै हुन्। कुनै अगुवा अगाडी आउनुस् र दोहोरो नपर्ने गरी सबैले बाँडेर लैजानुहोस्। यति भन्दै कर्ण त्यहाँबाट बिदा भए।

यता श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ। पार्थ, तिमीमा सौर्यमुद्राको मोह जाग्न थालेको थियो। आँफूमा दाताको आभास महशुश हुँदै थियो। तब न आफ्नै हातले बाँड्दैथियौ। अर्को तर्फ कर्णमा कुनै मोह थिएन। दाता बन्नु पनि थिएन। उनी चाँहदैनथे की कसैले उनको अघि वा पछि जयजयगान गरून्। कर्ण आए, सौर्यमुद्रा कसैको जिम्मा लगाए, गए। बस तिमी र कर्णमा यही फरक छ।

तसर्थ शिक्षास दान दिएको बदलामा कसैबाट धन्यवाद वा बधाईको उम्मीद राख्नु भनेको सौदा हो, उपहार होईन। मतलव जहाँ सौदा हुन्छ, त्यहाँ दान हुँदैन।

वि.सं.२०७७ जेठ ५ सोमवार १६:१२ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...