back
CTIZAN AD

सरकारले पार्टी पद्धतीको उलङघन गरेको नेकपा नेताको आरोप

वि.सं.२०७७ जेठ ६ मंगलवार

609 

shares

६ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता प्रेमलकुमार खनालले सरकारले पार्टीको पद्धतीलाई उल्लंघन गरेको आरोप लगाएका छन् ।

एमसीसीका २ वटा परियोजना नेपालको अहिलेको तत्कालको आबश्यकता हो होईन ? भन्ने कही कतै पनि छलफल नगरि, पार्टीले दिशा निर्देश नगरेको बिषयमा सरकारले नीति कार्यक्रममा समाबेश गरेर कार्यक्रम ल्याइनु पार्टी पद्धतिको उलङ्घन भएको उनले उनको आरोप छ ।

नेपालमा MCC  एमसीसीलाई जबर्रजस्ती रुपमा लागू गर्न खोजीनु पार्टीको पद्धती विपरित भएको  उनी बताउँछन् ।

उनी भन्छन् ‘यसले सार्बभौम संसदको सर्बोच्चतालाई सम्मान गरेको छैन । यसरी पार्टी नीति बिपरित, संसदको सर्बोच्चतालाई उलङघन गरेर घुमाउरो पाराले MCC परियोजनालाई कार्यान्वयन गर्न खोज्नु नीति, पद्धति  राष्ट्रिय हित, सुरक्षामा आँच पुर्याउने काम कदापि गरिनु हुदैन ।’

यसरी पार्टी नीति बिपरित, संसदको सर्बोच्चतालाई उलङघन गरेर घुमाउरो पाराले एमसीसी परियोजनालाई कार्यान्वयन गर्न खोज्नु नीति, पद्धति, राष्ट्रिय हित, सुरक्षामा आँच पुर्याउने काम कदापि गरिनु नहुने उनको भनाइ छ ।

सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जर्बजस्त रुपमा एमसीसीलाई लागू गर्न खोजेको भन्दै उनले भनेका छन् :

“MCC लाई नेपालमा जबर्रजस्ती रुपमा लागू गर्न खाेजीदैछ। MCC का २ वटा परियोजना नेपालकाे अहिलेकाे तत्कालकाे आबश्यकता हाे हाेईन? भन्ने कही कतै पनि छलफल नगरि MCC संग तत्कालीन नेपाली कांग्रेसकाे सरकारले जुन राष्ट्रिय हित र सुरक्षामा गंभीर आंच पुग्ने गरि संझाैता गरेर संझौताका बारेमा सार्बभौम संसद भित्र छलफल नै नगरि नेपाल सरकारकाे खर्च गरेर MCC Office न‌ै खडा गरेर जुन काम भएकाे छ।यसले सार्बभौम संसदको अपमान गरेकै थियाे।वर्तमान सरकारले गत बर्ष संझौता गरेको कपी संसदमा सम्म पेश गरेकाे छ तर संसदमा छलफल भएर संसदले अनुमाेदन। स्वीकृति नगरेको बिषय अहिले वर्तमान सरकारबाट MCC मा उल्लेखीत बिधुत प्रशारण लाईन काे याेजना अगाडि बढाउने भनेर नीति कार्यक्रममा उल्लेख गरेको छ।

जबकी MCC का बारेमा नेकपा भित्रMCC भित्रका राष्ट्रिय हित र सुरक्षामा आंच पुग्ने बुंदा हटाई सुधार गरेरमात्रै सहमति जनाउने पार्टी केन्द्रीय कमिटीको दिशा निर्देशका आधारमा अध्ययन गर्न कार्यदल नै गठन भयाे। कार्यदलले बिस्तृत अध्ययन गरि रिपोर्ट पार्टीमा बुझाएकाे तर पार्टीमा रिपोर्टमा कुनै छलफल भई पार्टीले दिशा निर्देश नगरेको बिषयमा सरकारले नीति कार्यक्रममा समाबेश गरेर जुन कार्यक्रम ल्याएकाे छ। यसले पहिलो पार्टी पद्धतिकाे उलङघन गरेको छ। सरकारले पार्टी काे नीतिलाई उलङघ न गरेको छ।

दाेश्राे सार्बभाैम संसदकाे सर्बाेच्चतालाई सम्मान गरेको छैन । यसरी पार्टी नीति बिपरित, संसदकाे सर्बाेच्चतालाई उलङघन गरेर घुमाउरो पाराले MCC परियोजना लाई कार्यान्वयन गर्न खाेज्नु नीति ,पद्धति , राष्ट्रिय हित,सुरक्षामा आँच पुर्याउने काम कदापि गरिनु हुदैन । अहिले त काेराेनाले थला पारेका मानवीय जनजिवनलाई राहत प्रदान गरेर मानिसलाई बचाउने र थलापरेकाे अर्थतन्त्रलाई तत्काल उत्पादन बृद्धिगरेर तत्काल राेजगारी दिने बजेट ल्याउनु अहिलेकाे आबश्यकता हाे।”

वि.सं.२०७७ जेठ ६ मंगलवार ११:२४ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...