back
CTIZAN AD

कोरोनाको हटस्पट बनेपछि त्रासमा नरैनापुरबासी, गाउँपालिका अध्यक्ष भन्छन्-‘स्थिति भयावह छ’

वि.सं.२०७७ जेठ ६ मंगलवार

732 

shares

६ जेठ, काठमाण्डौं । ६९ जनामा कोरोना संक्रमण भेटिएपछि बाँकेको राप्तीपारीको नरैनापुर गाउँपालिकालाई सिल गरिएको छ ।

नरैनापुरमा सोमबार ५९ जना र त्यसभन्दा अघि ८ जनामा कोरोना संक्रमण भेटिनुका साथै एक युवाको क्वारेन्टाइनमा बसेको अवस्थमा मृत्यु भएपछि यतिबेला नरैनापुर गाउँपालिका नेपालकै कोरोना हटस्पट बनेको छ भने जनता त्रासमा रहेका छन् ।

सोमबार भेटिएका ५९ जनालाई अहिले सम्म पनि कुन अस्पतालमा राखेर उपचार गर्ने भन्ने अझै निर्णय हुन सकेको छैन । उनीहरुलाई त्यहाँस्थित ४ वटा क्वारेन्टाइनमा आइसोलेटेड गरेर राखिएको छ । ४ वटा क्वारेन्टाइनमा झण्डै ८ सय जना रहेका छन् । त्यहाँ आइसोलेटड गरेर राखिएका ५९ जनाको राम्रो व्यवस्थापन गर्न नसकिएको बताइएको छ ।

आज बसेको जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्टको बैठकले उनीहरुको उपचार बाँकेको खजुरा वा नेपालगन्ज अस्पतालमा राखेर उपचार गरिने भन्ने कुरा निर्णय हुने बताइएको छ ।

त्यस्तै यसअघि पुष्टि भएका ८ जनालाई भने दाङको अस्पतालमा राखेर उपचार गराइएको छ । ती मध्ये १ जना युवाको आइतबार मृत्यु भएको हो ।

स्थिति भयावह छ-गाउँपालिकाका अध्यक्ष,इस्तियाक महम्मद शाह
आफनै गाउँपालिकामा ६८ जनामा कोरोना संक्रमण देखिएको र एकको मृत्यु भइसकेको अवस्थामा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक महम्मद शाहले स्थिति भयावह रहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

भारतको मुम्बई लगायतबाट आएका ८ सय युवाहरु अहिले ४ वटा क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको बस्ने खाने, स्वास्थ्य परीक्षण लगायत व्यवस्थापन हुन नसकेको र कोरोना पोजेटिभ देखएकालाई समेत अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था गर्न नसकिएको भन्दै उनले संसारन्युजसँग दुःख पोखेका हुन् ।

‘ हामीले त गरिरहेका छौं यो स्थानीय सरकार, प्रदेश सरकार तथा संघले पनि उचित ध्यान दिनुपर्ने हो ।’ संसारन्युजसँग उनले भने, ‘कसरी सम्हाल्ने हो, स्थिति भयावह छ । तीनसय जतिको परीक्षण भएको छ । अन्यमा परीक्षण गर्न पाइएको छैन । पहिले देखिएकालाई व्यवस्थापन गरेपछि मात्र अन्यको परीक्षण गरौं भन्ने हो ।’

उनले नरैनापुरको यस्तो भयावह स्थितिमा प्रशासन, सेना प्रहरी सबै मिलेर सहयोग गर्नुपर्ने समेत बताए ।

बाँकेका युवाको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि

वि.सं.२०७७ जेठ ६ मंगलवार ११:३९ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...