back
CTIZAN AD

मन्दिरमा अक्षता, फलफूल प्याकेटमा चढाउँ, खाद्यान्न सुरक्षाको चेतना बढाऔँ

वि.सं.२०७७ जेठ ९ शुक्रवार

798 

shares

बार्षिक ३५ अर्बको खाध्यान्न आयात गर्ने नेपालमा मठ मन्दिरमा जौ तिल चामल (अक्षता) आदि चढाउने नाममा फ्याँक्ने काम बन्द गरि अब हामीले प्याकेटमा चढाउने र पुन प्रयोग गर्न सक्ने थिति बसाल्नु पर्छ ।

बिषय दैनिकी कै हो तर अहिले फेरी कोरोनाको महामारी र छिमेकीसंगको बिबादले ल्याउन सक्ने बिबिध समस्या समेतलाइ ध्यानमा राखी हामीले बानि बसाल्नु पर्ने गहन बिषयको केहि बर्ष अगाडी लेखेको लेखको सानो अंस फेरी प्रस्तुत गरेको छु ।

केहि केहि बर्ष पहिले मात्र मलेसियामा विश्व वातावरण सम्बन्धि सम्मेलन भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार विश्मा बार्षिक ११३ अर्ब टन खाध्यान्न विभिन्न कारणले नस्ट हुने गर्दछ । विश्मा प्रतिदिन ९२३ लाख मानिस भोकै पर्छन्। विश्वमा प्रतिदिन ३५ हजार बच्चा कुपोषण र भोकले मर्दछन् र विश्मा आज ८७ करोड मानिस कुपोषणको शिकार भएका छन् ।

तसर्थ खाध्यान्न सुरक्षा घरायसी फाइदा वा राष्ट्रियहितमा मात्र होइन मानवी सेवा दायित्वको रुपमा लिनुपर्ने विश्वमा आवाज उठी रहेको छ ।
छिमेकी राष्ट्र भारतले यस गम्भीरतालाइ मनन गरि ‘खाध्यान्न सुरक्षा कानुन’ निर्माण गरिसकेको छ । त्यहाँ समाजसेवीहरुले बिबिध प्रकारका पार्टी अनि होटेल र रेस्टुरामा फ्याकिने खानेकुरोलाइ स्वच्छ सफा र सुरक्षित तबरले संकलन गरि गरिबहरुको ढोकामा पुर्याउने काम सुरु गरेका छन् ।

आउनुस हामी पनि ‘भोक छैन, मिठो लागेन, यो मन पर्दैन, बासि भयो’ भनेर खानेकुरो नफ्याँक्ने प्रण गरौ र गरिबहरुको सहयोगमा सहभागी बनौ । होटेल रेस्टुरा र पार्टी हुने ठाउँमा ‘खानेकुरो फ्याँक्नु पाप हो’ भन्ने सूचना टास्ने अभियान थालौँ । खाध्यान्न सुरक्षाको लागि सचेतना बढाउँ । साथै बार्षिक ३५ अर्बको खाध्यान्न आयात गर्ने नेपालमा मठ मन्दिरमा जौ तिल चामल (अक्षता) आदि चढाउने नाममा फ्याँक्ने काम बन्द गरि अब हामीले प्याकेटमा चढाउने र पुन प्रयोग गर्न सक्ने थिति बसाल्नु पर्छ । यसो भयो भने खाध्यान्न (जौ तिल चामल फलफुल) फ्याकिनबाट जोगाइ बार्षिक अरबौको खाध्यान्न जोगाउन सक्छौ, जुन मठ मन्दिरमार्फत समाज सेवा गर्ने गराउने महत्वपूर्ण काम हुन्छ । एकातिर मानिस खान न पाएर मरी रहेछन अर्कोतिर मठ मन्दिरमा अरबौ को आयातित जौ, तिल, चामल र अन्य फ्याई रहेछौ, अनि हामीमा दरिद्रता नबढे कहाँ बढ्छ ? आस्था र सस्कृति वा परम्परा पनि निरन्तरित हुने मन्दिर मठ मानबिय सेवामा प्रयोग पनि हुने यो नीति हामीले लागु गर्नुपर्छ, जसरी हुन्छ । ईश्वरको अनुपम कृपाले सृजित खाने कुरोको अधिकतम सदुपयोग र सुरक्षा हाम्रो दैनिकी हुनु पर्छ ।
जय होस् ।।।

वि.सं.२०७७ जेठ ९ शुक्रवार १०:०० मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...