back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७७ जेठ १० शनिवार

882 

shares

(१)
यो देशका प्रत्येक सन्तानलाई, देशको मायाँ हुनुपर्छ
देशलाई कतै चोट लाग्दा, उसको मन रुनुपर्छ
एकातिर संसारको सुख अर्को, तिर देशको माटो राखि
के रोज्छस् भनि सोध्दा ऊसले, देशको माटो छुनुपर्छ…
(२)
देशमै श्रम गर्छु म त , आफ्नै ज्यानको हड्डी घोटी
ढिंडो आँटो सिस्नो अनि, खान्छु कोदो फापर रोटी
मेरो लागि देश भन्दा, ठूलो कुरा केही छैन
शिरमा राखी मातृभूमी, प्रणाम गर्छु कोटी कोटी …
(३)
तिम्रो काखमा शरण पर्न, आउछु नेपाल आमा
तिम्रो ओठमा खुशी छर्न, आउछु नेपाल आमा
देश दुखेको बेला बिदेश, बस्ने रहर छैन मलाई
त्यो लिपुलेक फिर्ता गर्न, आउछु नेपाल आमा ..
(४)
शिरमा मेरो ढाका टोपी , यो छाती भित्र देश
प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाईदिने भेष
धन दौलत सुख सयल, खोज्दै बिदेश जानु भन्दा
ढिंडो खाई देशमै बस्नु, बरु त्यो पो हुन्छ बेश ..
(५)
ढिडो भए पुग्छ मलाई, आँटो भए पुग्छ
श्रम गर्न खेत बारीको, पाटो भए पुग्छ
देश छोडि अब कहिल्यै, बिदेश जान्न म
यो जन्म मलाई देशकै, माटो भए पुग्छ…

वि.सं.२०७७ जेठ १० शनिवार ०८:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...