back
CTIZAN AD

कविताः सतर्क,तानाशाहहरू

वि.सं.२०७७ जेठ १० शनिवार

645 

shares

मध्यान्न अघिको
कञ्चन जलप्रवाहमा
जिस्कदै
मानवताको बार लगाइरहेको
उत्तर कोरिया
उक्किन्छ उत्तानो परेर
गङ्गटोझैँ
बहादुर बेतियामा
वास बस्छन् केही छिन्
प्रमिथस बाउ-जिउसको
घरमा बसेझैँ
निर्वासनको आगो
कठोर बनेर दन्कन्छ फेरि
-तानाशाह विरुध्द
-निरङ्कुशता विरुध्द
-स्वार्थ विरुध्द
-नृशंस पारिवारिक स्वार्थ विरुध्द
-भ्रष्टचारको रौरवी कराईको
-उम्लदो भुल्को विरुध्द
ज्वाला फर्कन्छ
निकै कडा आङ्कडा बनेर
-ग्याँसच्याम्बरभन्दा कठोर
उत्ताल तरङ्गका
बौलाहावत् चेतनात्मक
सुनामीसँग
रहन्नन् तिम्रा
-एटमका गुञ्जायस
-क्षेप्यास्त्रका गुञ्जायस
-निरङ्कुशताका गुञ्जायस

वि.सं.२०७७ जेठ १० शनिवार ०८:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...