back
CTIZAN AD

कविताः मजदुरहरु घर पुगोस् र देश बाँचिरहोस्

वि.सं.२०७७ जेठ १० शनिवार

771 

shares

#मजदूर
जो जून जस्तो रोटी कमाउन
हिडेको हो सुदुर
जो रहरको फलैँचा बुन्दै
सपनाको इन्द्रेणी बटुल्न हिडेको हो सुदुर ।

#मजदुर
उ त भोकको तिर्खा मात्र बुझ्छ
उ षड्यन्त्र गर्न जान्दैन
उसका चप्पलविहिन खुट्टाहरु
मृत्युको हस्ताक्षर पत्रमा
आफ्नो नाउँ लेखेर
घरको संघार काटेपछि त
देशले भात खान्छ ।

#मजदुर
कारपरेटहरुको
बडे बडे अट्टालिका
पूल, सडकभरि
पसिना र रगत चुहाउँछ
अनि
देश डम्म अघाउँछ ।

#मजदुर
जब कलान्त भएर साँझमा
फुस्स निदाउँछ भुइँमा
आँखाभित्र सपनामा
उसले छाडी आएको परिवारको
भोको अनुहार र पीडा देख्छ
र उ झसङ्ग ब्युँझन्छ ।

#मजदुर
प्रत्येक दिन
युद्ध बोकेर बाहिर निस्कन्छ
अनि मृत्युलाई कुनै गल्छेडीतिर झुक्याई राखेर
डेरा फर्कन्छ
मृत्युसित उ कहिले डराएन ।

देशले
माथि आकाशबाट…..
होइन….
उड्दै गरेको हेलीकाप्टरबाट
उसको मुखमा फूलहरु बर्साउँछ
र भन्छ-थप्पडी बजाउँ ।

देशले
बन्द डाकेपछि
देशले उसको हात खुट्टा
र च्यापुमा ताला लाएपछि
अभावको पोखरीमा
उ झ्वाम्म डुबेको छ
अनिन्दो रातहरुको
अईँठनले
उ रोगी बनेको छ
उ बहुलाएको छ
अब हजार माइल टाडामा
उसको घरले रासन पायो पाएन..??
हजार माइल हिडेर भए पनि
परिवार भेट्न पुग्छु भन्छ !!

#मजदुर
जसको
जिन्दगीको पृष्ठहरुमा
हारहरुको बेहिसाब कथा छ
तर हरेक अभावमा
किन सिकन्दर जस्तै उ हाँसीदिन्छ..??

सानी
बुनु
भुन्टेको अनुहार सम्झिन्दै
रेलगाडी कुरीरहेछ उ
उसको
मनभरि विद्रोहको
गीत बजीरहेछ ।

देशको कुनामा कुनामा थुनिएका
लाचर र असहाय बनेको
यी ३ मजदुरहरु
सरकारको फरमान विरुद्ध खाली खुट्टा हिडेको हो
आफ्नो चप्पलहरु र जुत्ताहरु
मोटर गाडी हेलीकोप्टरमा
मास्क लाएर चढी आउने
राजनेताहरुलाई दिएपछि त हो
त्यसको साटो रेलगाडी आईपुगेको
जिन्दगीको प्लेटफार्ममा ।

नाङ्गो देशको नाङ्गो गीत
गाइरहेछ # मजदुरहरु
आफै नाङ्गिएर
देशको नग्नता ढाक्दैछ
# मजदुरहरु ।

# श्रमको ईश्वर
पहिलोपल्ट घुटना टेकेर
बारम्बार चुमी रहेछ
उ चडने रेलगाडी
अब उ ढुक्क छ
अब उ घर पुग्छ ।

एउटा आइला जस्तै आँधी कतै बाटोतिर आउँदैछ
त्यसले तहस नहस पार्ने हो कि
# मजदुरहरुको सपना ..???
# मजदुरहरु घर पुगोस्

देश बाँचिरहोस् ।
(समाजिक संजालमा जब यो फोटो देखे निकै बेर सोच्न बाध्य बने, यी मजदुरहरुको पीडा र संघर्ष सम्झे । बडी भावुक र संवेदनशील भए त्यसपछि यो कविता लेखे )

वि.सं.२०७७ जेठ १० शनिवार ०९:३० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...