back
CTIZAN AD

कविताः रोकिएको छ जीवनको आँधी

वि.सं.२०७७ जेठ १० शनिवार

855 

shares

आज मलाई
न कुनै हतारो छ
न चटारो नै ।
न जाँनु छ -कतै टाढा
न लुट्नु छ-दुनियाँ
आखिर -ती लुटाहाहरु
पुगे कहाँ ?
+
आँसुको झरी-हाँसोको छाल
युद्ध र प्रेमका
रोमाञ्चक कथाहरू
जन्म र मृत्युको संयोग
सुखदुःखको अनुभूति
महत्वकांक्षा र सपना
सबैसबै छन् – नजरबन्द
कल्पनाको क्षितिजभित्र ।
*
‘छैन केही बितेको
मरिरहेको छ त
मात्र
जीवनको यौवन ।
चलिरहेको छ त
केवल
अन्तर मनमा -अमूर्त द्वन्द ।’
*
हो !
संसार हल्लाएर
टक्क रोकिएको छ
मेरो जीवनको आँधी ।
*
ढलेको छ उमेर
आफ्नैं काखमा
गन्दै -आँसुका तप्केनीहरु ।
तड्पि रहेछ
गतिशून्य शरीर
आफ्नै बिछ्यौनामा ।
उढी रहेकाछन् त
अनन्त व्योममा:
मात्र
चेतनाका रङ्गिन चराहरु ।

वि.सं.२०७७ जेठ १० शनिवार ०९:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...