हो,
आँखिर मनकै कुरा त हो,
बोक्न सक्ने जति बोक्नु पर्छ,
नसकेको सबै छोड्नु पर्छ,
ओगट्नु हुन्न,
निष्टाका भारीहरु,
सक्नेलाई बोक्न दिनु पर्छ।
लोभ मानिसको अनन्त हुन्छ,
नियन्त्रण लोभमा जरुरत छ,
त्यो धनमा हुन सक्छ,
पदमा हुन सक्छ,
ईच्छामा हुन सक्छ,
खहरे–आकाँक्षा उर्लँदा
खेतबारी भत्काउन सक्छ,
समयमै बाँध नबाँधे मनको,
आफैलाई बगाउन सक्छ ।
यही मनको उफानमा,
सारा नष्ट भयो कुरुक्षेत्रमा,
यही मनको बुद्धले,
संसार जित्यो शान्तिमा,
दिग्बिजय को जरो हरियो यदि रह्यो भने,
पलाउछ मुना बृक्ष बुढो भए पनि,
पलाउन्न तरुनो रुख,
जरा किराले खायो भने ।
तिमी हुर्क अमृतको सक्लो बोट बनी,
सदा फल देउ सबैलाई दुष्ट नै रहे पनि,
मरे केही घात हुन्न,
जब वीष पलाउछौ भने,
जगले खोजेको बन तिमी
सक्छौ निष्ठामा अड्न भने !!
वि.सं.२०७७ जेठ १० शनिवार ०९:३४ मा प्रकाशित






























