back
CTIZAN AD

कृष्ण सेनसँग कलकत्ता

वि.सं.२०७७ जेठ १३ मंगलवार

750 

shares

कृष्ण सेन लामो जेल जीवनबाट बाहिर आउनु भएकाले थकित हुनु स्वभाविकै थियो, त्यो भन्दा पनि पार्टीको फुटले वहाँ पिरलिनु भएको थियो । काठमाण्डौंमा किरण (मोहन वैद्य) सँग यात्राबारे छलफल भएको थियो । हामी काठमाडौंबाट बस र रेलको लामो यात्रापछि कलकत्ता पुग्यौं । कलकत्ता विश्वविद्यालयमा भएको त्यो सम्मेलनमा हामीसँगै सहभागी भयौं । मैले दुईवटा सत्रलाई सम्बोधन गरेको थिएँ सेनजी निकै प्रभावित हुनुभएछ । जीवन हो जस्तो पनि बेहोर्नु पर्छ भनेर मैले सेनलाई कलकत्ता विश्वविद्यालयका पर्खालहरूमा लेखेको नारा आमार बारी, तोमार बारी, नक्सलबारी ! नक्सलबारी !!  देखाएँ, वहाँ मुसुक्क हाँस्नु भयो ।

विद्यार्थी जीवन सकिए पछि तराईमा जन्मेहुर्केको मान्छे पहाड बुझ्ने मनसाय थियो । पार्टीको पहलमा नुवाकोटको थान्सिङ महेन्द्र माध्यमिक विद्यालयमा हेडसर भएर जाने अवसर जुर्यो । पार्टी टुटफुटको बेला नुवाकोटमा मशाल जिल्ला पार्टी कमिटीमा तीनजना थियौं जसमा दुईजना हेडसर र एकजना विद्यालय संचालक समितिका अध्यक्ष । पोष्टबहादुर बोगटी तुप्चे माध्यमिक विद्यालयको संचालक समितिको अध्यक्ष हुनुहुन्थ्यो र नुवाकोट मशाल पार्टीको जिल्ला सेक्रेटरी पनि । संचारको आजको जस्तो सुविधा थिएन । पार्टीको सर्कुलर बोकेर तुप्चेदेखि थान्सिङ आउन आधी दिन खर्चिनु पथ्र्यो । म थान्सिङ रहँदा सम्म धेरैजसो बैठक थान्सिङमा हुन्थे, थोरै तुप्चे र एकपटक कुँवरीमा भएको थियो । सन १९८६ मा गर्मिको एकदिन पोष्टबहादुर एउटा खबर लिएर थान्सिङ आउनु भयो र सँगै काठमाडौं जानुपर्ने भयो भन्नुभयो अनि हामी काठमाडौं चल्यौं ।

कृष्ण सेन नेपालको विद्यार्थी राजनीतिमा सबैभन्दा बढी जेल जीवन विताउने व्यक्ति हो । वहाँले विद्यार्थी जीवनमा नै पटकपटक गरी सातवर्षभन्दा बढी जेल बस्नु परेको थियो । सेन भर्खर जेलबाट रिहा हुनुभएको थियो । पार्टी फुटको तानातानमा वहाँले निर्णय गर्न समय माग्नु भएको थियो । त्यही समय मलाई मशाल पार्टीले कृष्ण सेन सहित ६ जनाको टोलीको नेतृत्व गर्दै कलकत्ता (हाल कोलकाता) मा आयोजना हुने अभानेविसंघको सम्मेलनमा जान अनुरोध गर्यो । त्यसको मूल उद्देश्य कृष्ण सेनलाई पार्टीमा आवद्ध गर्न मलाई जिम्मा दिइएको थियो । कृष्ण सेन लामो जेल जीवनबाट बाहिर आउनु भएकाले थकित हुनु स्वभाविकै थियो, त्यो भन्दा पनि पार्टीको फुटले वहाँ पिरलिनु भएको थियो । काठमाण्डौंमा किरण (मोहन वैद्य) सँग यात्राबारे छलफल भएको थियो । हामी काठमाडौंबाट बस र रेलको लामो यात्रापछि कलकत्ता पुग्यौं । कलकत्ता विश्वविद्यालयमा भएको त्यो सम्मेलनमा हामीसँगै सहभागी भयौं । मैले दुईवटा सत्रलाई सम्बोधन गरेको थिएँ सेनजी निकै प्रभावित हुनुभएछ । जीवन हो जस्तो पनि बेहोर्नु पर्छ भनेर मैले सेनलाई कलकत्ता विश्वविद्यालयका पर्खालहरूमा लेखेको नारा आमार बारी, तोमार बारी, नक्सलबारी ! नक्सलबारी !!  देखाएँ, वहाँ मुसुक्क हाँस्नु भयो ।

तीन दिनको सम्मेलन सकेर दुई दिन हामी कलकत्ता घुम्यौँ । कलकत्ताको हावडापुल, सडकको बीचमा चल्ने ट्राम यातायात, चिडियाखानामा पहिलो पल्ट देखेको जिउँदो जिराफले हामीलाई निकै रोमाञ्चित बनाएको थियो । कलकत्ता विश्वविद्यालय बाहिर फुटपाथमा एक किलोमिटर भन्दा लामा पुस्तक पसलहरू हाम्रा नयाँ अनुभवहरू थिए । सेनजीसँग म घनिभूत वैचारिक बहसमा थिएँ । कलकत्ताका बुद्धिजीवीहरूसँग तीन चरणको बैठक बसेका थियौं । कलकत्ताबाट फर्कने रात सेनजीले मलाई आफ्नो राजनीतिक यात्रा हामीसँगै हुने निर्णय सुनाए पछि म पुलकित भएको थिएँ । हाम्रो विद्यार्थी कालदेखिको लामो सहयात्रासँगै रह्यो । पछि वहाँ जनादेशको सम्पादक म नियमित स्तम्भ लेखक । मेरो सन २०१० मा प्रकाशित आठौं पुस्तक पराधीन नेपाली अर्थतन्त्र, ४६ लेखहरूमा ३३ सेनजीको सम्पादनमा प्रकाशित जनादेश साप्ताहिकका लेखहरू रहेकाले मैले यो पुस्तक सेनजीलाई समर्पण गरेको छु । साथी सेन श्रद्धाञ्जलि ।

वि.सं.२०७७ जेठ १३ मंगलवार १२:२७ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...