back
CTIZAN AD

जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेद्वारा खाद्यान्न सहयोग, ५० जनालाई नेपाललाई फर्काउँदै

वि.सं.२०७७ जेठ १५ बिहीवार

1.6K 

shares

२८ मे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को रोकथामका लागि भारत सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) का कारण भारतमा लाखौँको संख्यामा नेपालीहरु समस्यामा परेका छन् । यस्तो बेला नेपाली जनसम्पर्क समिति भारतले समस्यामा परेका नेपालीहरुलाई विभिन्न तरिकाले सहयोग गरिरहेको छ ।

यसैक्रममा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य समाजसेवी बालकृष्ण पाण्डेले फरिदाबादमा अर्घाखाँची मालारानी गाउँपालिकाका ७ दलित परिवारलाई १५ दिनको खाद्यान्न उपलब्ध गराएका छन् ।

त्यस्तै पाण्डेकै नेतृत्व र पहलमा उत्तराखण्ड रुद्र प्रयागमा ६३ दिन देखी क्वारेन्टाइनमा बसेका दैलेख जिल्ला ठाटिकाड गाउँपालिका ४९ घोडाघोडी गाउँपालिका १ जना गरि ५० जना बेरोजगार नेपाल मजदुरहरुको नेपालको स्थानीयपालिकासँग समन्वय गरी उत्तराखण्ड रुद्र प्रयाग उपर जिल्ला अधिकार रुद्रपुर जिल्लाबाट अनुमती दिलाइ नेपाल फर्काउन अनुमति लिएका छन् ।

अध्यक्ष पाण्डेले उनीहरुको एऋच् चेक गरिने र पुनः गाउँपालिकामा पनि कोरेन्टाइन राख्ने गरि नेपाल फर्काइने जानकारी गराएका छन् ।
उनले यो अभियानमा जानकारी दिने दक्षिण भारतका महासचिव बिमल विष्ट, शाखा अध्यक्ष विवेश शाही, नेपालमा बसी सहयोगी भूमिका खेलिरहेका महेन्द्रबहादुर शाही, देहरादुनबाट प्रशासनिक सहयोगी रहेका पुजा सुब्बा, पीडितको विवरण दिने विशाल जोसि लगायतका सबै सहयोगी हातहरुमा धन्यवाद व्यक्त गरेका छन् ।

जनसम्पर्क समिति भारतले समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने र उद्धारमा निरन्तर क्रियाशिल रहेको जानकारी गराउँदै अध्यक्ष पाण्डे भन्छन् ‘आफू सुरक्षित रहने र अरूलाई सुरक्षित रहन सरसल्लाह दिनु होला भन्दै नेपाली जनसम्पर्क समिती भारतले भारतभरी यसको प्रभावमा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ समितिका मित्रहरू दिनरात नभनी ज्यानको बाजि लगाउँदै पिडित नेपालीहरुको सहयोगमा खटिरहेका छन् ।’

नेपाली जनसम्पर्क समितिले चर्काे गाडी भाडाबाट पिडित नेपालीलाई राहत दिने उद्देश्यले सरकारी बस रेलको बारेमा केन्द्रिय अध्यक्ष पाण्डेले भारत सरकारसँग पत्रचार र वार्ता गरि पहल गरिरहेका छन् ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १७:३३ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...