back
CTIZAN AD

ओमानमा लकडाउन हट्यो

वि.सं.२०७७ जेठ १५ बिहीवार

786 

shares

१५ जेठ, काठमाण्डौं । ओमान सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मस्कट प्रशासकिय क्षेत्रमा गरिएको लकडाउन हटाइएको छ ।

ओमानको उच्चस्तरीय समितिले गरेको निर्णय अनुसार २९ मे शुक्रवारदेखि लागु हुने गरी बन्दाबन्दी हटाइएको हो । साथै मात्रा विलायतको रूई, वादि कविर हमरिया लगायत क्षेत्रमा जारी स्वास्थ्य सम्बन्धी एकान्तवास भने जारी रहने निर्णय भएको बताइएको छ ।

कोरोना भाइरसका कारण ओमानमा हालसम्म ८,३७३ जना संक्रमित भएकोमा २,१७७ जना निको भइसकेका छन् भने हालसम्म ४० जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम अझै यथावत रहेकोले ओमानमा रहेका सम्पूर्ण नेपालीहरूले आवश्यक स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउन, सामाजिक दूरी कायम गर्न तथा सार्वजानिक स्थानहरूमा उपस्थित हुँदा पञ्जा र मास्कको अनिवार्य प्रयोग गर्नुहुन समेत ओमानस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

त्यसैगरी दूतावासले ओमानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्धेश्यले शुरू गरेको अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग समन्वय भईरहेको जानकारी दिँदै उक्त फारम नभरेका अन्य नेपालीहरूलाई पनि यस लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्न समेत अनुरोध गरेको छ ।

कोरोना भाइरसका कारण ओमानमा रहेका नेपालीहरूलाई कुनै पनि समस्या परेमा दूतावासको यी नम्बरमा फोन गर्न समेत अनुरोध गरिएको छ ।

WhatsApp: 71592490
टेलिफोनः 24696177/24696833
हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १७:५३ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...